• विसं २०७८ साल वैशाख २६ गते आइतबार । इस्वी सन् २०२१ मे ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–त्रयोदशी, ३७ घडी ०६ पला, बेलुकी ०८ बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–रेवती, ३२ घडी ४२ पला, बेलुकी ०६ बजेर २६ मिनेट उप्रान्त अश्विनी । योग–प्रिती, ४१ घडी ०५ पला, बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त आयुष्मान । करण–गर, बिहान ०७ बजेर २७ मिनेट उप्रान्त वणिज, बेलुकी ०८ बजेर ११ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मीन, बेलुकी ०६ बजेर २६ मिनेट उप्रान्त मेष । 


    काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २१ पला ।


    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अली बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरूको सल्लाह बमोजिम अगाडि बढ्नुहोला, गन्तव्य पहिल्याउन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।


    बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
    आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना छ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

    मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) 
    राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ । प्रेमका कोपिलाहरू फक्रियर जानेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) 
    विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका काममा लाभ मिल्ने समय छ । माया प्रेमको गाँठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय छ । पैत्रिक धन तथा सम्पत्ति हातलागी हुने योग छ ।

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    नयाँ कुराको खोज तथा अनुसन्धानमा समय बित्ने तथा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेको छ भने नसोचेको सम्पत्ति हातलागी हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउने भए पनि काम गर्न असहज हुन छैन । माया प्रेममा एकअर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

    कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
    पढाइलेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ । भौतिक तथा विलाशी वस्तुहरू प्राप्तिको गतिलो योग छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    सत्रु तथा प्रतिस्पर्धीहरू आइलाग्ने भए पनि अन्ततः तपाईंको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्यसम्बन्धी पुराना समस्या ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय छ । पुराना ऋण सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा एकअर्काबीच नजिक हुने तथा रमाउन सकिनेछ ।

    बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
    अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धनसम्पत्ति कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरू फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धनसम्पत्ति हातलागी हुने योग छ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

    धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) प्रतिस्पर्धीहरू हार खानेछन् भने राजनीति तथा समाज सेवामा सम्मनजनक स्थान पाउने योग छ । घरजग्गा तथा सवारी साधनको खरिद बिक्रिबाट मनग्य आम्दानी गर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरूको सहयोग पाइने हुँदा शरीरमा स्फुर्ती बढ्नेछ । मायाप्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ भने तपाईंको लोकप्रियता चुलिनेछ । पुराना झैझमेलाबाट मुक्त हुने समय छ ।

    मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
    न्यायिक निर्णय तथा कानुनी फैसलाहरू तपाईंकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अरूलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

    कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
    दमदार बोलीको प्रभावले नसोचेका काम हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्य आम्दानी गर्न सकिने समय रहेको छ । पढाइलेखाइमा राम्रो प्रगति गर्न सकिने समय रहेको छ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिने छ ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
    पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

    तपाईंको दिन शुभ रहोस् ।
    युवा ज्योतिषी डीपी भण्डारी

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…