• झापा गौरादहका एकजना व्यापारी अनाहकमा पिटिएका छन्। गौरादह-२ स्थित प्रियंका बिस्कुट उद्योगका संचालक पंकज भगतमाथि बिहीबार बिहान निर्घात कुटपिट भएको हो।

    पसलहरुमा बिस्कुट बिक्रीवितरण गर्न जाँदा आफुमाथि गुणस्तरहीन सामान बेचेको आधारहीन आरोप लगाउदै आक्रमण गरिएको पीडित भगतले बताए। गौरादह-९ बैगुनधुराका पवन पोख्रेलले अश्लील गालिगलौज गर्दै भगतमाथि मुक्का प्रहार गरेकाे बताइएको छ।


    बैगुनधुराकै गिरी किराना पसलमा भगतले नियमित बिस्कुट बेच्ने गरेका छन्। सोही पसलमा बिस्कुट पुर्‍याउन जाँदा असम्बन्धित व्यक्ति पोख्रेलले `सडेको बिस्कुट बेच्ने´ भन्दै एक्कासि मुक्का प्रहार गरेको भगतले बताए।

    आक्रमणबाट भगतको दुबै आँखा निलडामले सुनिएको देख्न सकिन्छ।

    घटना लगत्तै आक्रमणकारी पोख्रेलको हुलिया र वतनसहित इलाका प्रहरी कार्यालय गौरादहमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै भगतले दुखेसो पोखे।

    उनका अनुसार बैगुनधुराको घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिले अन्तर्गत पर्छ। झिलझिलेसम्म पुगेर जाहेर गर्न टाढा पर्ने भएकोले नजिकैको इलाका प्रहरी गौरादहसंग गुहार मागिएको हो।

    प्रहरीले पीडकलाई कार्वाहीको दायरामा ल्याउने आश्वासन दिएको थियो। तर, कुटपिट भएको दुई दिन बितिसक्दा पनि पीडक पोख्रेललाई पक्राउ नगरिदा आफू असुरक्षित भएको भगत बताउँछन्।

    उनले भने- `मैले सडेको सामान बेचेको प्रमाणित भए, जस्तोसुकै कारबाही भोग्न तयार छु। तर, जथाभावी आरोप लगाएर कुटपिट गर्नेलाई उन्मुक्ति दिन मिल्छ?´

    कोरोना कहरमा व्यापारीहरुले कालाबजारी गरेको घटना नौलो होइन। यद्यपि घरेलु उत्पादन गर्ने निमुखा र साना व्यवसायीहरु धेरैको निशानामा पर्दै आएका छन्।

    अझ गाउँघरमा आफ्ना उत्पादन डुलाउदै बेच्ने व्यवसायीहरु अनेकौं आरोप खेप्ने, पिटिनेसम्मका भुक्तमान व्यहोर्न विवश छन्।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…