काठमाडौँ, २६ वैशाख । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफूले राजिनामा नदिने स्पष्ट पार्नुभएको छ । विभिन्न सञ्चारमाध्यमले राजिनामा दिने सांसदको सूचीमा चौधरीको नाम राखेपछि उहाँले राजिनामा नदिने स्पष्ट पार्नुभएको हो ।
उहाँले आफू एमाले छाडेर कांग्रेस र माओवादीको भरिया हुन नजाने स्पष्ट पार्नुभयो । उहाँले आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको बताउनुभएको छ । नेकपा एमाले वरिष्ठ माधवकुमार नेपाल समूहले राजिनामा दिने तयारी गरिरहेका बेला केपी ओली समुहले भने यो उनीहरूको बार्गेनिङ गर्ने अस्त्र भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भन्दै वैशाख २७ गते संसद बैठक बोलाएको र त्यो भन्दा अगाडी ओलीसँग यस्तै वार्गेनिङ गरेर गलाउने लाइनमा माधव समूह रहेको ओली समुहको बुझाई छ । त्यतिमात्र होइन ओली पक्षका नेता खनाल–नेपाल समूहले राजीनामा नदिने ठोकुवा गर्छन ।