• विराटनगर / कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिएको तथा पहिलाको तुलनामा भन्दा बढी सङ्क्रामक भएको हुनाले पहिला निको भएकाहरू पनि सङ्क्रमित हुने सम्भावना बढी छ ।

    जसकारण सङ्क्रमित नभएका मात्र नभई सङ्क्रमणबाट निको भएका मानिसले समेत सङ्क्रमण हुनबाट जोगिनका लागि सावधानी अपनाउनु एकदम महत्त्वपूर्ण भएको छ । दन्त चिकित्सकहरूले कोभिडबाट हालसालै निको भएका मानिसलाई दाँत माझ्ने पुरानो ब्रस तत्कालै परिवर्तन गर्ने सुझाव दिएका छन् ।

    पुरानो ब्रस तत्कालै परिवर्तन गरी नयाँ टुथब्रस प्रयोग गर्दा व्यक्ति पुनः सङ्क्रमित हुने सम्भावना घट्छ । साथै, एउटै बाथरूम प्रयोग गर्ने परिवारका अन्य सदस्यलाई पनि सङ्क्रमण हुनबाट जोगाउने गर्छ । नयाँ दिल्लीको लेडी हार्डिंग मेडिकल कलेजका दन्त विभागका एचओडी डा. प्रवेश मेहराका अनुसार भाइरसबाट सङ्क्रमित भएकाले निको भएपछि टुथब्रस, टङ् क्लिनर आदिमा भाइरस हुनसक्ने वा बढ्न सक्ने हुँदा यी कुराहरूलाई परिवर्तन गर्न बिर्सनु हुँदैन ।

    कोरोना भाइरसबाट सङ्क्रमित भएका लक्षण देखिएको २० दिनपछि टुथब्रस र टङ क्लिनर परिवर्तन गर्नुपर्छ । दाँत माझ्दा टुथब्रसको सतहमा ब्याक्टेरिया बसिरहन्छ र यसले पुनः सङ्क्रमण गराउन सक्छ । साथै, सङ्क्रमणको रोकथामका लागि माउथवास पनि प्रयोग गर्न सल्लाह दिइन्छ । यसले मुखमा रहेको भाइरसलाई बढ्नबाट रोक्ने गर्छ ।

    माउथवास नभएको खण्डमा नुन राखेको मनतातो पानीले पनि कुल्ला गर्न सकिन्छ । साथै, दिनमा दुईपटक ब्रस गर्नुका साथै ओरल हाइजिनमा विशेष ध्यान दिन महत्त्वपूर्ण हुन्छ । कोभिड मात्र नभई मौसमी फ्लु, सामान्य रुघाखोकी वा ज्वरो आएका मानिसले पनि निको भएपछि ब्रस बदल्नु पर्ने चिकित्सकहरूको भनाइ छ ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …