• काठमाडौं, बैशाख २६ गते ।आइतबार ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १८ हजार ७८७ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ७७७ जना जनामा र ५०६ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ जना थपिएका छन् । आइतबार ५२ जनाको मृत्यु भएपनि विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

    देशभर८८ हजार १६० सक्रिय संक्रमित छन् ।उनीहरुमध्ये ८१ हजार ४३० होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    पछिल्लो २४ घण्टामा नेपालमा चार हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।


    योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको छ । अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ ।


     

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …