• काठमाडौं- नेकपा एमालेका माधव नेपाल समुहले तत्काल सामुहिक राजिनामा नदिने भएका छन् । स्थायी कमिटीको बैठकले विपक्षी गठबन्धनको सरकार बन्ने अवस्थामा मात्रै सांसद पदबाट राजीनामा दिने निष्कर्ष निकाल्दै तत्कालका लागि राजिनामा नदिने निर्णय गरेको हो ।

    आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीका पक्षमा बहुमत नपुग्ने निश्चित भएकाले तत्काल राजीनामा दिनुको अर्थ नहुने निष्कर्ष निकालेको हो । उनीहरूले जसपा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री ओलीको बहुमत नपुग्ने निष्कर्ष निकालेको बताइएको छ ।

    घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरू सामुहिक राजीनामाको विपक्षमा रहेको बताईएको छ । उनीहरूले परिणाम निस्कने अवस्थामा मात्र राजिनामा दिनु उचित हुने तर्क गरेका थिए ।

    एक नेताका अनुसार अहिले नै विपक्षी गठबन्धनको सरकार बन्ने अवस्था नभएकाले सांसद पदबाट राजीनामा दिनुको अर्थ नभएको र परिणाम पनि नआउने देखेर राजिनामा रोकिएको हो ।

    माधव नेपाल समुहका सांसदले सामुहिक राजीनामा हल्ला चलेपछि प्रधानमन्त्री ओलीले नेपालसँग संवाद गर्न विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका थिए । पौडेल र नेम्वाङले ओलीलाई मनाउने भन्दै राजिनामा नगर्न सुझाव दिएका थिए ।

    नेता नेपालले भने २ जेठ ०७५ मा पार्टीका कमिटी फर्काउनुपर्ने पुरानै अडान राखेका थिए ।

    यससँगै माधव नेपाल समुहले ओलीको पक्षमा मतदान गर्ने भएको छ । राजिनामा नदिएपछि पार्टीको ह्विप मान्नुपर्ने भएकाले ओलीलाई विश्वासको मत दिने भएका हुन् । विश्वासको मत नदिएको खण्डमा पार्टीले कारबाही गर्नेछ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…