• उर्लाबारी : मोरङमा ३७७ जनासहित आइतबार प्रदेश १ मा थप ७६० जनामा कोरोना पुष्टि भएको छ । एक हजार ४२३ जनाको पीसीआर परीक्षणगर्दा ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, तेह्रथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको हो ।

    मोरङको विराटनगरमा ११८ महिला र १५४ पुरुष सहित २७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी मोरङकै सुन्दरहरैचामा ३६, उर्लाबारीमा १८, पथरीशनिश्चरेमा १०, कटहरीमा ९, बेलबारीमा ८, लेटाङ र बुढीगंगामा ४–४, ग्रामथान र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली र धनपालथानमा २–२, रतुवामाई, कानेपोखरी, जहदा र स्थानीय तह नखुलेका १–१ जना पोजेटिभ भएका छन् ।

    झापाको दमकमा ५१, मेचीनगरमा २०, अर्जुनधारामा १०, भद्रपुरमा ९, कमल गाउँपालिका र स्थानीय तह नखुलेको ७–७ शिवसताक्षी, गौरादह, बुद्धशान्ति र विर्तामोडमा ३–३, बाह्रदशीमा २, कचनकवल र झापा गाउँपालिकामा १–१ जना संक्रमित भएका छन् ।

    मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १८, इनरुवामा १४, धरानमा ११, बर्जुमा ९, दुहवीमा ७, बराहक्षेत्र र हरिनगरमा ४–४, गढी, रामधुनी र देवानगञ्जमा ३–३, कोशी गाउँपालिकामा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण भएका हुन् ।

    उदयपुरको बेलकामा ३९, त्रियुगामा ३, स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ३२, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र पाथीभरा याङवरकमा १–१, तेह्रथुमको म्याङलुङमा २९, मेन्छयायेममा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    पाँचथरको फालेलुङमा ५, कुम्मायकमा १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचलुीमा १–१, भोजपुरमा ३, संखुवासभाको खाँदबारीमा २, धनकुटाको छथर र महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    आइतबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार ९८३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २३२ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७ हजार १९४ पुगेको जनाइएको छ ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …