• काठमाडौं। अपराधीमा मानवता हुँदैन । अपराधीहरुले अपराध कर्मको लागि जस्तोसुकै काम पनि गर्न तयार हुन्छन् भन्ने महामारीको समयमा फेरि देखिएको छ । कोरोनाभाइरस महामारीका कारण हजारौं मानिसहरु मरिरहेका बेला कालोबजारी गरी पैसा कमाउने अपराधीहरुले ती लाश ढाकेर घाटमा लगिएका कात्रोहरु समेत घाटबाट चोरेर ल्याएर पुनः बिक्री गरेको पाइएको छ । उनहिरुले घाटबाट ल्याइएका कात्रोहरु धोएर, नयाँ स्टिकर टाँसेर फेरि बिक्री गर्ने गरेका थिए ।

    यो हदसम्मको अमानवीय घटना भारतको उत्तर प्रदेशको बागपतमा भएको पाइएको भारतीय अखबार दैनिक भास्करले लेखेको छ । यहाँ श्मशान र चिहानघाटबाट कात्रो चोरेर त्यसलाई फेरि बेच्ने गिरोह नै भएको पाइएको छ । यो गिरोह एक कपडा व्यापारीले चलाइरहेका थिए । कपडा व्यापारी, उनका छोरा र भतिजा मिलेर चलाइरहेको यो गिरोहमा उनीहरुको पसलमा काम गर्ने ४ जना कर्मचारी तथा शवको अन्तिम संस्कार गर्ने ठाउँमा मजदुरी गर्नेहरु पनि संलग्न भएको पाइएको छ । पुलिसले ती सबैलाई पक्राउ गरेको छ ।

    यो गिरोहका नाइके कपडा व्यापारीले श्मशान घाट र चिहानघाटबाट लाशको कात्रो चोरी गर्नको लागि दिनको ३ सय रुपैयाँ ज्याला दिने गरी मजदुर राखेका थिए । सबैभन्दा अहम कुरा यसरी चोरी गरिएका कात्रो ती लाशहरुका पनि थिए जसको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । यी व्यापारीले शवलाई ढाकिएका ती कात्रोहरु पुनः ल्याइएपछि धोएर इस्त्री गराउँथे । त्यसपछि ती कात्रोमा ग्वालियर मार्क स्टिकर लगाएर पुनः प्याकिङ गरेर बेच्थे । एउटा कफनको मूल्य ४ सय रुपैयाँ लिइन्थ्यो ।

    बडौतका सीओ आलोक सिंहका अनुसार आरोपी व्यापारीले श्मशान घाट र चिहानघाटमा काम गर्नेहरुलाई ३–४ सयको लोभ देखाएर लाशको कात्रो, कुर्ता पाइजामा, कमिज, धोती चोरी गराउँथे । ती कपडा धोएर, इस्त्री गरेर, नक्कली रिबन र ग्वालियर कम्पनीको स्टिकर लगाएर फेरि बेच्थे । पुलिसले गोप्य सूचनाको आधारमा छापा मार्दा घटनास्थलमा कात्रो र कपडाका १० वटा ठूला ठूला पोका भेटिएका थिए । पुलिसले बडौतको नई मंडी बस्ने प्रविण जैन, उनका छोरा आशिष जैन र भतिजा ऋषभ जैन, छपरौलीको सबगा गाउँका श्रवण कुमार शर्मा, राजु शर्मा, बबलु र शाहरुखलाई पक्राउ गरेको छ/

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …