विराटनगर, २७ वैशाख । प्रदेश १ मा सोमबार एकैदिन ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण संख्या अनुसार यो अहिले सम्मकै उच्च संक्रमण हो ।
एक हजार ९८२ जनाको पीसीआर परीक्षणगर्दा ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह्रथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङको विराटनगरमा १२४ महिला र १७७ पुरुषसहित ३०१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी सुन्दरहरैंचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३–३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बाह्रदशीमा ४, स्थानीय तह नखुलेका ३, हल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१ मा कोरोना पोजेटिभ देखिएको छ ।
सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३, चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १–१ जनामा पोजेटिभ देखिएका छ ।
इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोमबारसम्म कोरोना संक्रमितको संख्या ३८ हजार ९२० पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ३०२ संक्रमणमुक्त भएका छन् । सोमबार मात्रै ७० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ५० रहेको छ ।