• भनिन्छ अभिनेतृको आयु फिल्मी क्षेत्रमा लामो हुँदैन । यौवन रहुञ्जेल बिकाउ हुन्छन् त्यसपछि टिकाउ हुँदैनन् भन्ने गरिन्छ । रुप र स्वरुपले टिकेका अधिकांश अभिनेतृमा यो केही हदसम्म लागु पनि होला तर केही अभिनेतृ हुन्छन् आफ्नो रुपसहित कलाले पनि टिकेका । यस्तै अभिनेतृ मध्ये एक थिइन् बलिउड अभिनेतृ श्रीदेवी ।

    श्रीदेवी करिब ५० वर्ष फिल्मी क्षेत्रमा अनवरत रुपमा टिकेकी अभिनेतृ हुन् । ४ वर्षको उमेरमा अभिनय सुरु गरेकी श्रीदेवी ५४ वर्षको उमेरमा शनिवार यो संसारबाट विदा भइन् । आफ्ना भान्जा मोहित मारवाहको वैवाहिक कार्यक्रममा सहभागि हुन श्रीमान् बोनी कपूर र छोरी खुसी कपूरका साथ दुबई (संयुक्त अरब इमिरेट्स) पुगेकी उनलाई अचानक आएको कार्डियाक एरेष्टले ज्यान लियो ।

    उनको सौन्दर्य, अभिनय कला र सम्मान लोभलाग्दो थियो । तर यो भन्दा बढी भने टिक्न सकेन ।

    चार वर्षकै उमेरमा 'थुनाइवान' बाट ठूलो पर्दाका सिनेमा खेल्न थालेकी श्रीदेवीको अन्तिम फिल्म 'मोम' बन्यो । यी दश बुँदा जसले श्रीदेवीलाई नजिकबाट चिनाउँछन्ः

    १) सन् १९६९ मा आइ एमए थिरुमुगम को फिल्म थुनाइवान मा श्रीदेवीले बालकलाकारको भूमिका निर्वाह गरेकी थिइन् । यो उनको पहिलो ठूलो पर्दाको फिल्म हो । जतिबेला उनी जम्मा ४ वर्षकी थिइन् ।

    २) उनको वास्तविक नाम श्रीअम्मा यङ्गर अयप्पन हो । सिनेमामा आएपछि मात्रै श्रीदेवी राखिएको हो ।

    ३) अनिल कपूर र जितेन्द्रसँग श्रीदेवीको जोडी खुब जमेको बताइन्छ । जितेन्द्रसँग खेलेका १६ मध्ये १३ फिल्म सुपरहिट बनेका थिए ।

    ४) सन् १९८३ मा रिलिज भएको फिल्म 'सदमा' बाट श्रीदेवीको सर्वाधिक चर्चा भएको थियो । यो तमिल फिल्म 'मुन्दरम पिराई' को हिन्दी रिमेक भर्सन हो ।

    ५) श्रीदेवी यस्ती अभिनेतृ हुन् जसले धर्मेन्द्र तथा उनको छोरा सन्नी देवलसँग पनि अभिनय गर्न भ्याइन् ।

    ६) राजेश खन्नासँग खेलेका नयाँ कदम (१९८४), मकसद (१९८४), मास्टरजी (१९८५) र नजराना (१९८७) फिल्म सुपरहिट बनेका थिए ।

    ७) सन् १९८९ मा रिलिज भएको फिल्म चाँदनी बाट श्रीदेवी सुपरडुपर हिट नायिका बनेकी थिइन् । यश चोपडाको यो फिल्मपछि उनले लम्हे मा पनि काम गराएका थिए ।

    ८) श्रीदेवीले सन् १९८९ मा रिलिज भएको फिल्म चालबाज मा डबल रोल गरेकी थिइन् भने सन् १९९२ मा अमिताभ बच्चनसँग खेलेको फिल्म 'खुदा गवाह' मा पनि डवल रोल खेलेकी छिन् ।

    ९) सन् १९८७ मा रिलिज भएको फिल्म मिस्टर इण्डिया बलिउडकै पहिलो साइन्स फिक्सन फिल्म हो जसमा श्रीदेवीले खेल्ने अवसर पाएकी थिइन् ।

    १०) भनिन्छ करियरको सुरुमा उनले खेलेका कतिपय फिल्ममा आफैँले भ्वाइस डबिङ गरेकी थिइनन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…