• विराटनगर, २८ बैशाख :  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा (२) बमाेजिम बहुमतको सरकार गठन गर्नका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढि दलहरुको समर्थन प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्री चयन गर्ने प्रकृया अघि बढाएकी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नसकेपछि उनी पदमुक्त भएर कामचलाउ भएका छन् । ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    उनले २०७८ बैशाख ३० गते साँझ ९ बजेभित्र धारा ७६ उपधारा (२) बमाेजिमको दाबी पेश गर्न सोमबार बेलुका बिज्ञप्तिमार्फत दलहरुलाई आह्वान गरेकी हुन् ।

    प्रधानमन्त्री ओली संसद्‍मा विश्वासको मत नपाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र यादव समुहले संविधानको धारा ७६ उपधारा (२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न विज्ञप्ति निकालेर राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

    मन्त्रीमण्डलबाट छाडेपछि सत्ता समिकरणको माओवादी केन्द्रले समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री ओली आफैंले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन बोलाएका थिए । तर उनले संसदबाट विश्वासको मत लिन भने सकेनन् ।

    विश्वासको मतको विपक्षमा १२४ मत र पक्षमा ९३ मत प्राप्त भएको थियो । प्रधानमन्त्रीलाई संसदको विश्वास कायमै राख्नका लागि १३६ मत चाहिन्थ्यो । प्रमुख विपक्षी दलहरुले पनि ओलीविरुद्ध संसदको पुर्ण बहुमत पुर्याउन सकेनन् ।

    संसदको सबभन्दा ठूलो दल एमालेसँग एक्लै १२१ सांसद थिए । तर एमालेका माधव कुमार नेपाल समुह मत विभाजनमा अनुपस्थित भयो । 

    बैठकमा २३२ सांसदको उपस्थित रहेको थियो । ओलीको समर्थन नजिक रहेका जनता समाजवादी महन्त ठाकुर समुहका १५ सांसदले भने ‘मत दिन्न’ भन्ने पक्षमा मतदान गरेका गरे । 

    २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद रहेका छन् । नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टीसँग ३२ ले मतदान गर्ने अवस्था थियो । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक-एक सांसद रहेका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…