मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सोमबार समापन भएको छ ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा सचिव सचिव युवराज चौलागाई, कोषाध्यक्ष पर्शुराम गुरुङ, लेखा समिति संयोजक बुद्धकुमार विष्टले प्रतिवेदन पेस गर्नुभएको थियो ।
एक हजार ७६५ शेयर सदस्य रहेको कन्तुर सहकारी संस्थामा ३ करोड ३ लाख १० हजार ४०० शेयर पुँजी रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सहकारी संस्थाले एक बर्षमा ४७ लाख ३२ हजार ५०९ रुपैयाँ शुद्ध बचत गरेपनि उक्त रकम खराब कर्जा सुरक्षा कोषमा राखिएको संस्थाका व्याबस्थापक तुलशी बस्नेतले बताउनुभयो ।
