• काठमाडौं । सत्तारुढ नेकपा एमालेको माधवकुमार नेपाल समूहमा लफडा भएको छ । विशेषगरी सोमबार आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन नगएको नेपाल समूहमा आगामी रणनीतिबारे सांसदहरुले साथ नदिने भएका छन् ।

    नेपाल समूहले विश्वासको मत नदिएपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएको ओली समूहको बुझाइ छ । यो बुुझाइ नेपाली राजनीतिकको पनि हो ।

    संसद् बैठकमा जाने कि नजाने वा राजीनामा दिने भन्ने विषयले नेपाल समूहमा लामै छलफल चलायो । तर, सांसदहरुले राजीनामा नदिने बताएपछि नेपाल समूह बैठकमै नजाने निर्ण गरेको थियो ।

    अब नयाँ सरकार बन्ने र सो सरकारले पनि संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । यस अवस्थामा फेरि संसद् बैठकमा जानुुभन्दा राजीनामा दिने उचित हुने माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसालको विचारमा अरु सांसदहरु सहमत हुन सकेनन् । जसले नेपाल समूहमा भाँडभैलो मच्चिएको छ ।

    नेता नेपाल, रावल र भुसाल सांसद पदबाट राजीनामा दिन तयार भए पनि बाँकी सांसदहरु राजीनामा नदिने अडान लिएका छन् । नेपाल समूहमा नेपाल, रावल र भुसाल एक्लिएको अवस्थामा पुुगेका छन् ।

    यदी नेपाल समूहका सांसदहरुले राजीनामा नदिएमा नयाँ बहुमतको सरकार बन्ने सम्भावना रहने नेताहरु बताउँछन् । ओली सरकारलाई विस्तापित गर्न कम्मर कसेका नेता नेपाल अब कांग्रेस, माओवादी र जसपाको उपेन्द्र समूह संलग्न गठबन्धनलाई बहुमतको सरकार बनाउन सहज हुने गरी आफ्नो समूहका सांसदहरुलाई राजीनामा गराउन लागेको ओली समूहका नेताहरुको आरोप छ ।

    संसदीय र लोकतान्त्रिक चरित्र स्वीकार्ने बताउने पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आफूसहित आफ्ना समूहका सांसदहरुलाई सोमबार संसद बैठक बहिस्कार गराए ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत मागेको सो बैठकमा उपस्थित भएर तीन विकल्प प्रस्तावको पक्ष, प्रस्तावको विपक्ष र तटस्थ रहने व्यवस्थालाई प्रयोग गर्न सकिने भए पनि बैठकमै सहभागी नभएर गैरराजनीतिक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाविपरीत कार्य गरेको भन्दै आलोचना भइरहेको छ ।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…