• काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच सहमति भएको छ । त्यसको लागि नेपाल पक्षधर २८ जना सांसदले नै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्म संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् ।

    कांग्रेसले माओवादी केन्द्र र जसपाको समर्थनमा नयाँ सरकार गठन गर्ने गृहकार्य थालेको छ । तर, जसपाको सिंगो साथ नपाउने भएपछि कांग्रेस सभापति देउवाले माधव नेपाल पक्षको साथ खोजेका हुन् । नेपाल पक्षधर सबै सांसदले राजीनामा दिए उपनिर्वाचन गराएर उनीहरु सबैलाई जिताएर ल्याउने देउवाले नेता नेपाललाई वचन दिएका छन् । हिजो राति अवेरसम्म देउवा निवासमा माधव नेपाल र भीम रावलले गोप्य भेटवार्ता गरेका थिए ।

    देउवालाई प्रधानमन्त्री बनाउनको लागि आवश्यक सहयोग गर्ने वचन नेता नेपालले दिईसकेका छन् । विश्वस्त सूत्रकाअनुसार नेपाल पक्षका २७ गते संसद बैठकमा अनुपस्थित् सबै सांसदले भोलि विहान ९ बजेसम्म सामूहिक राजीनामा दिनेगरि गृहकार्य थालेका छन् । तर, देउवा र नेपालबीच एक वर्षपछि चुनाव गराउने र उक्त चुनावी सरकारको नेतृत्व नेपालले गर्नेबारे पनि सहमति भएको छ ।

    तत्काल माधव नेपाल पक्षका कम्तिमा ६ जनालाई मन्त्री बनाउनपनि देउवा राजी भएका छन् । नेपाल पक्षधर सांसदहरु अब अध्यक्ष ओलीसँग सम्झौता गर्ने पक्षमा छैनन् । यसको संकेत आज विाहन नेता घनश्याम भुषालको सार्वजनिक टिप्पणीले पनि गरिसकेको छ । उनले ओलीसँग अब आत्मसर्मण नगर्ने बताईसकेका छन् । – रिपोर्टस नेपालबाट साभार

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…