• काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का नेता माधव कुमार नेपालबीच ७ बुँदे सहमतिको खाका तयार भएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर देउवाको नेतृत्वमा सरकार गठन गर्नको लागि माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको हल्ला चलेको अवस्थामा देउवा र नेपालबीच भने सात बुँदे सहमतिको खाका मोटामोटी तयार भैसकेको उच्च स्रोतको दाबी छ ।

    हिजो अवेर रातिसम्म बुढानिलकण्ठमा भएको देउवा नेपाल भेटवार्तामा सहकार्यको लागि ७ बुँदे सहमतिको प्रस्ताव तयार पारिएको उच्च स्रोतको दाबी छ । सहमतिको पहिलो बुँदामा माधव नेपाल पक्षधरले राजीनामा दिने कुरा भनिएको छ । दोस्रो बुँदामा देउवा सरकार बनिसकेपछि उक्त सरकारमा नेपाल पक्षका कम्तिमा पनि ६ जनालाई मन्त्री बनाईने, तेस्रोबुँदामा राजीनामा दिएका नेपाल पक्षधर सबैलाई गठबन्धनको रुपमा उम्मेद्धवार बनाएर उपनिर्वाचनमार्फत जिताउने, चौथो बुँदामा चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने, छैटौं बुँदामा नेपाल पक्षले निर्माण गर्ने नयाँ पार्टीको लागि आवश्यक सहयोग गर्ने र सातौं बुँदामा आगामी संसदको निर्वाचनमा पनि गठबन्धन बनाएर जाने कुरा उल्लेख रहेको स्रोतको दाबी छ ।

    बैशाख २७ गते प्रधानमन्त्री ओली संसदमा विश्वासको मत लिन असफल भएका थिए । २७ बैशाखको राति नै राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि बैशाख ३० गते राति ९ बजेसम्मको समयसिमा तोकेर दलहरुलाई आह्वान गरेकी छिन् । सोहीअनुसार विपक्षी गठबन्धनलाई बहुमत पुर्याउनको लागि आवश्यक कदम चाल्ने भनेर नेपाल पक्षले भनिसकेको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…