• विराटनगर, २९ वैशाख । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र ते¥हथुममा ६–६, पाँचथर, खोटाङ र –१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


    मोरङको विराटनगरमा १३९ महिला र १८३ पुरुष सहित ३२२, सुन्दरहरैचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी र बुढीगंगामा ११–११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५–५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा ९–९, गढीमा ५, रामधुनीमा २, देवानगञ्ज र हरिनगरमा १, स्थानीय तह नखुलेका ४, झापाको दमकमा ८०, भद्रपुरमा ५६, विर्तामोडमा ३६, मेचीनगरमा १२, गौरादहमा ११, कमल गाउँपालिकामा ९, झापा गाउँपालिकामा ५, कचनकवलमा ४, बुद्धशान्ति र अर्जुनधारामा ३–३, स्थानीय तह नखुलेका ८, शिवसताक्षी र बा¥हदशीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी भोजपुरको षडानन्दमा ३२, संखुवासभाको खाँदबारी र चैनपुरमा १५–१५, मादी र मकालुमा १–१, ताप्लेजुङको मेरिङदेन १२, फक्ताङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, चौदण्डीगढीमा २, इलामको इलाम नगरपालिका र माईमा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका २–२, धनकुटाको महालक्ष्मीमा ३, धनकुटा नगरपालिकामा २, छथरमा १, ते¥हथुमको आठराईमा ५ र स्थानीय तह नखुलेका १, पाँचथरको फिदिम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० हजार ८१७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ४७० संक्रमणमुक्त भएका छन् । आज ११० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ९ हजार ७४७ पुगेको छ । प्रदेश १ मा आज १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४०७ महिला र ५८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …