• काठमाडौं : एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ।

    खनाल-नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताए।

    ‘वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पठाउनुभएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्नुपर्छ। त्यसका लागि हामीले ४ बजेसम्मको समय दिएका छौं,’ उनले भने,’हाम्रो कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा हो। हामीले पार्टी एकताका लागि यही विषयमा अन्तिमा प्रयास गर्ने भनेको हो।’

    यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।

    एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ।

सम्वन्धित समाचार

 नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गएपछि विभिन्न पदमा नेताहरुले दावी सुरु गरेका छन् । यस…

 पथरी आशन्न नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनकालागि वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रसम्मको नेतृत्व…

उर्लाबारी।। मोरङको उर्लाबारीका राजन रायमाझीले नेपाली काङग्रेस उर्लाबारी वडा नम्बर ९ को सभापति पदमा उम्मेद्…

उर्लाबारी । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहदेखि जिल्ला र केन्द्रसम्मको नेतृत्वको लागि आका…