राष्ट्रिय युवा सङ्घ नेपाल उर्लावारी नगर समितीको आयोजनामा खुला रक्तदान अभियान सुरु भएको छ ।
कोभिड-१९ को दोस्रो लहर चलेसँगै ब्लड बैङ्कहरुमा रगतको अभाव देखिन थालेपछि राष्ट्रिय युवा सङ्घ उर्लावारी नगर कमिटीले नेपाल रेडक्रस सोसाईटी उर्लावारी उप-शाखासँगको प्राविधिक सहयोगमा विषेश सावधानी अपनाउदै आजबाट खुला रक्तदान अभियान सुरु गरेको छ ।
आज जेठ ३ गते मदन-आश्रित दिवसको अवसरमा र युवा सङ्घ उर्लावारीका उपाध्यक्ष स्व. बसन्त श्रेष्ठको सम्झनामा युवा सङ्घले खुला रक्तदान अभियान सुरु गरेको सङ्घका अध्यक्ष योगेश बस्नेतले बताएका छन् ।
उक्त अभियान दैनिक रुपमा उर्लावारी-३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा ४ दिनसम्म जारी रहने अध्यक्ष बस्नेतले बताएका छन् ।
यसका साथै ब्लड बैङ्कहरुमा रगतको अभाव सिर्जना भैरहेको यो विपत घडीमा स्वतस्फूर्तरुपमा रक्तदान अभियानमा सामेल भई रक्तदान गर्न युवा सङ्घले अपिल समेत गरेको बस्नेतले बताएका छन् ।