• राष्ट्रिय युवा सङ्घ नेपाल उर्लावारी नगर समितीको आयोजनामा खुला रक्तदान अभियान सुरु भएको छ ।


     कोभिड-१९ को दोस्रो लहर चलेसँगै ब्लड बैङ्कहरुमा रगतको अभाव देखिन थालेपछि राष्ट्रिय युवा सङ्घ उर्लावारी नगर कमिटीले  नेपाल रेडक्रस सोसाईटी उर्लावारी उप-शाखासँगको प्राविधिक सहयोगमा  विषेश सावधानी अपनाउदै आजबाट खुला रक्तदान अभियान सुरु गरेको छ ।

    आज जेठ ३ गते मदन-आश्रित दिवसको अवसरमा र युवा सङ्घ उर्लावारीका उपाध्यक्ष स्व. बसन्त श्रेष्ठको सम्झनामा युवा सङ्घले खुला रक्तदान अभियान सुरु गरेको सङ्घका  अध्यक्ष योगेश बस्नेतले बताएका छन् ।

    उक्त अभियान दैनिक रुपमा उर्लावारी-३ स्थित  मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा ४ दिनसम्म जारी रहने अध्यक्ष बस्नेतले बताएका छन् । 
    यसका साथै ब्लड बैङ्कहरुमा रगतको अभाव सिर्जना भैरहेको यो विपत घडीमा स्वतस्फूर्तरुपमा रक्तदान अभियानमा सामेल भई रक्तदान गर्न युवा सङ्घले अपिल समेत गरेको बस्नेतले बताएका छन् ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …