• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटमा आज सुनुवाई हुने भएको हो । 

     गोपनीयताको सपथ बदर गर्न छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता परेको थियो  । 

    छुट्टाछुट्टै रिट दर्तागर्नेहरुमा  बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली,नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा सोमबार रिट हालेका थिए।  

    राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउँदा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्दावलीलाई त्यो पर्दैन भनेर बाचन गरेका थिए । त्यसले राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको रिट निवेदनकर्ताको ठहर छ । 


    रिट निवेदनमा निवेदकहरुले प्रधानमन्त्री ओलीले लिएको सपथमा उच्चारण नै नगर्नु गैरसंवैधानिक भएको र आफु अनुकुल शव्दहरु प्रयोग गर्न नमिल्ने उल्लेख छ ।

    त्यस्तै संघीय कानुन बनाएर सपथको व्यहोरा तोक्न र त्यसबेलासम्म प्रधानमन्त्रीलाई कामकारवाहीबाट रोक्न पनि रिट निवेदकले माग दावी गरेका छन् ।

    रिटमा संघीय संसदका संसद नै नभएका तर प्रतिनिधि सभाको एउटै कार्यकालमा मन्त्री नियुक्त भइ सपथ लिएका सात जना मन्त्रीको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न भनिएको छ ।

सम्वन्धित समाचार

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…