• हेटौंडामा भर्खरै सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनको अबको डेढ घण्टापछि मतगणना शुरु हुँदैछ । छ बजेसम्म परिणाम प्राप्त भैसक्ने अपेक्षा गरिएको छ ।

    हेटौंडा उपमहानगरपालिका–४, भुटनदेवी माध्यमिक विद्यालय हातामा बिहान ९ बजेबाट शुरु भएको मतदान हल्का बर्षातका वीच शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरी स्रोतले जानकारी गराएको छ ।


    दिउँसो पौने तीन बजेसम्म बुथ क, ख,ग,मा गरी जम्मा ३४२ खसेको थियो । जबकि जम्मा खस्नुपर्ने मत ३ सय ४७ मात्रै हो । मतदानमा कोरोना संक्रमित २५ जनाले भाग लिएका थिए ।
    बागमती प्रदेशसभा सदस्य १ सय १० जनामध्ये एकजना पशुपति चौलागाईंको गतहप्ता मृत्यु भएको छ भने प्रदेशअन्तर्गत १३ जिल्लाको १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना मतदाता रहेका छन् ।

    प्रदेशसभा सदस्यको एक मतको मतभार ४८ हुन्छ भने स्थानीयतहका प्रमुख-उपप्रमुख एक जनाको मतभार १८ हुन्छ ।

    दिउँसो सवा १ बजेसम्म ४८ मतभार भएका सांसदहरुमध्ये १ सय जनाले मतदान गरेका छन् । तीमध्ये ५ जना कोरोना संक्रमित थिए ।

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …