• गत वैशाख ४ गते विहान एक किशोरको शव फेवातालमा तैरिरहेको अवस्थामा फेला प¥यो ।

    नेपाली सेनाको टोलीले भेट्टाएको सो शव बारा निजगढ स्थायी घर भई ललितपुर खुमलटार बस्ने १८ वर्षीय नुभिव उप्रेतीको थियो ।

    तालमा तैरिएको अवस्थामा फेला शव परेकाले प्रहरीले त्यसलाई मसिनो गरी अनुसन्धान गरेन । परिवारसँग सम्पर्क गरेपछि किशोरले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकाल्यो ।

    सोहि निष्कर्षका आधारमा प्रहरीले पत्रकारलाई ती युवाको आत्महत्याको सुचना सम्प्रेषण ग¥यो ।

    तर प्रहरीले अहिले भने त्यो घटनाको फरक निष्कर्ष निकालेको छ ।

    एकमहिना अघि युवाले आत्महत्या गरेको भनेको प्रहरी अहिले आएर त्यो आत्महत्या नभई हत्या भएको निष्कर्षमा पुगेको हो ।

    सुरुमा आत्महत्या भनेको प्रहरी अहिले आएर कसरी हत्या भएको निष्कर्षमा पुग्यो ? त्यो थाहा पाउन एकमहिना अघिको घटनातर्फ फर्कनुपर्छ ।

    सेन्ट जेभियर्स स्कुलबाट प्लस टु गरेका नुभिव सिटिजन कलेज कुमारीपाटीमा आईटीको बिसिए कोर्ष गरिरहेका थिए ।

    बैशाख ३ गते विहान उनलाई बुबाले कलेज छाडेका थिए । कलेज गएका नुभिव बेलुका घरमा फर्केनन् । उनको खोजीका लागि परिवार भौतारियो । मोवाइल स्वीचअफ थियो ।

    उनकी आमा भीमा मैनालीले छोरालाई कहाँ छौ तिमी ? हामी तिमीलाई खोजी गरिरहेका छौं भनेर म्यासेज गरिन् ।

    त्यसको दुईघण्टापछि छोराले भीमालाई म्यासेज गरे, ‘म अहिले बोल्न नमिल्ने ठाउँमा छु, मेरो मोवाइलको पासवर्ड..... हो भनेर’ पठाए । त्यसको भोलिपल्ट नुभिवको शव फेवातालमा भेटियो ।

    छोराको शव भेटिएको भनेर प्रहरीले खबर गरेपछि भीमा र उनको परिवार पोखरा आयो ।

    पोखरामा आएर छोराको अनुहार हेरेर मात्र शव बुझ्न खोज्दा प्रहरीले पहिले शव बुझ्ने कागजमा हस्ताक्षर गर्न भन्यो ।

    परिवारले पनि कुनै अब्जेक्सन नगरी हस्ताक्षर ग¥यो । तर जब शव बुझे उनीहरु झसंग भए ।

    किनकी छोराको अनुहारदेखि शरिरका विभिन्न भाग र गुप्ताङ्गमासमेत चोटैचोट थियो ।

    भीमाले त्यतिबेलै जाहेरी दिन खोजिन् तर आफन्तले शव व्यवस्थापन गर्न अत्याउँदा त्यसै काठमाडौं फर्किइन । यो बीचमा प्रहरीले खासै अनुसन्धान अगाडि बढाएन ।

    तर छोराको मृत्युको पीडामा रहेकी भीमाको मन कहाँ मान्थ्यो र ? उनले घटनाको सोधखोज गरिरहेकी थिईन् । यहि बीचमा उनले पोखरा आएर लिखित जाहेरी दिन खोजिन् ।

    तर बैदाम प्रहरीले उनको किटानी जाहेरी लिन मानेन ।

    भीमाको मन के मान्थ्यो र ? उनले जिल्ला प्रहरी कार्यालय कास्की कार्यालयमा आएर प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठलाई हारगुहार गरिन् । प्रहरीले उनको जाहेरी लियो ।

    त्यसलगत्तै प्रहरीले अनुसन्धान अगाडि बढाईरहेको थियो । त्यहीबीचमा भीमाले आफ्नो छोरालाई ३ युवा मिलेर कुटपीट गरिरहेको भिडियो रहेको पत्ता लगाइन् ।

    लगत्तै प्रहरीलाई जानकारी गराईन् । नभन्दै प्रहरीले लेकसाईडको १३ नम्बर स्ट्रिटमा मृतक किशोर नुभिवलाई कुटपिट गर्दै गरेको भिडियो भेटियो ।

    त्यसपछि मात्र प्रहरीले घट्नालाई शुक्ष्म अनुसन्धान गर्दै हत्यामा संलग्नलाई नियन्त्रणमा लियो ।

    पक्राउ पर्नेमा खोटाङ, ऐंसेलुखर्क गाउँपालिका–२ घर भई कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने १८ वर्षीय आशिष राई,

    स्याङ्जा फेदीखोला–२ घर भई घारीपाटन नै बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ रहेका छन ।

    लेकसाइडको स्ट्रिट नं. १३ चोकमा यी ३ जना मिलेर नुभिवलाई मरणासन्न हुने गरी कुटपिट गरिएको सिसिटिभी फुटेजमा देखिएको छ ।

    अनुसन्धानका क्रममा पक्राउ परेका तीनैजनाले कुटपीट गरेको स्वीकारिसकेका छन् ।

    प्रहरीले पक्राउ गरेका ३ जना हत्यामा संलग्न रहेको निष्कर्ष निकालेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

    आरोपितले घट्ना स्वीकारिसकेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले सबै खोल्न मिल्दैन, तर प्रहरी अनुसन्धानको निष्कर्ष उनीहरुले नै हत्या गरेको हो भन्ने छ ।’

    तर उनले शुरुमा घट्नाको अनुसन्धानमा प्रहरी चुक्यो भन्ने कुरा सहि नभएको बताए ।

    मृतककी आमा स्वयंले छोराले आत्महत्या गर्छु भन्दै म्यासेज पठाएको भनेर जानकारी गराउनुका साथै शव बुझ्दा दिएको निवेदनमा समेत उल्लेख भएकाले शुक्ष्म अनुसन्धान नगरिएको बताए ।

    हत्या अभियोग लगाइएका ३ जनालाई सोमबार अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि पठाउने तयारी भएपनि अन्तिम समयमा आएर रोकिएको छ ।

    ‘अनुसन्धान पूरा भएको छ, अब १÷२ दिनमा अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि पठाउँछौं,’ डिएसपी हमालले भने ।

    प्रहरीका अनुसार मिसिल तयार गरी आइतबार सरकारी वकिलको कार्यालयमा पेश भएको र त्यसपछि अदालती प्रक्रियामा गएको छ । दुईतीन दिनभित्रै बहस सुरु हुने जनाइएको छ ।

    मृतककी आमा भिमा पोखरा आएर वैशाख २४ गते नै तीन जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । र, कानुननुसार कारबाही प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ ।

     

सम्वन्धित समाचार

उर्लाबारीको राजनीतिक र सामाजिक क्षेत्र लगायतमा परिचित नाम हो, गंगाप्रसाद खरेल । वैशाख ३० गते हुने स्थानी…

काठमाडौं, ९ पुस टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्…

झापा ५ माघ झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोज…

काठमाडाैं, ३ माघ हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थ…