• उदयपुरको कटारीमा सरकारी जग्गा हडपेर बेचबिखन गर्ने र तोडफोडमा संलग्न ४ जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।


    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भीम दाहालका अनुसार कटारी-४ का स्थानीयहरू २५ वर्षीय सिमन लामा, २० वर्षीय गणेश थापा, ३० वर्षीय सरोज सुनुवार र ४१ वर्षीय रमेश भन्ने चन्द्र बहादुर पक्राउ परेका छन् ।

    कटारीमा बुधबार दिउँसो मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीम कुमारी राउत, इन्जिनियर ओम मिश्र, वडा नं-४ का वडाध्यक्ष कृष्णराज दनुवारको घर, इलाका प्रशासन कार्यालय कटारी र मदन भण्डारी राजमार्ग साइड अफिस तोडफोड भएको थियो। सोही कार्यमा संलग्नहरू पक्राउ परेका हुन् ।

    मेयर ज्ञानेन्द्रका अनुसार भुमाफिया सन्त बहादुर सुनुवार, बालकृष्ण थापा, गणेश थापा, जितेन्द्र दनुवार, दीपक दनुवार, सुवास दनुवार लगायतका टोलीले तोडफोड गरेका हुन् । मेयर ज्ञानेन्द्र श्रेष्ठले तोडफोडमा अन्य समूह पनि संलग्न रहेको बताएका छन् । उनीहरूले गुन्डागर्दी शैलीमा स्थानीयहरू लगाएर ढुङ्गा, इट्टा लगायत सामान प्रयोग गरेर तोडफोड गरेका थिए ।

    कटारी नगरपालिकाको ६ कठ्ठा र नेपाल सरकारको नाममा कटारी ४ स्थित जहडी बजार क्षेत्रमा रहेको रहेको २ बिघा १४ कठ्ठा जमिन संरक्षण कटारी नगरपालिकाले गर्दै आएको थियो । तर भुमिमाफियाहरुले उक्त स्थानमा सुकुम्बासीहरुलाई केही पैसा लिएर जग्गा बिक्री गर्दै आएका थिए । उक्त जग्गा प्रतिकठ्ठा ६० देखी ७० लाख सम्ममा बिक्री गरेको नगरपालिकाका इन्जिनियर मिश्रले जानकारी दिए ।

    भुमाफियाहरुले रातारात टहरा तथा पक्की घरहरु बनाउनकालागि थप इट्टा रडहरु पनि ल्याएकाले नगरपालिकाले सामान बरामद गरी हटाउन खोजे पछि तोडफोड सुरु भएको थियो । उक्त जग्गामा २० देखि ३० घर बिक्री गरेको बुझिएको छ। भुमाफियाहरुले आफ्ना घरहरु भत्काउन खोजेको र घर बनाउने सामान बरामद गरेको भन्दै तोडफोड गरेको स्थानीयको भनाई छ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौले नगरपालिका, प्रहरी प्रशासनलाई उक्त जग्गा संरक्षण गर्न पटक पटक पत्राचार गरेको थियो ।

    तोडफोड गर्ने क्रम रोकिए पनि कटारी तनावग्रस्त अवस्थामा रहेको मेयर श्रेष्ठले बताएका छन् भने उक्त स्थानमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरी खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…