• मोरङ । कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित विरामीहरुलाई राख्न मोरङको पथरी शनिश्चरे नगरपालिकामा अक्सिजनसहितको १५ बेडको आइसोलेशन बेड तयार भएको छ ।


    पथरी शनिश्चरे नगरको पहलमा विरामी राख्ने आइसोलेशन बेड तयार भएको हो । पथरी अस्पतालमा तयार भएको आइसोलेशन नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाको हातबाट आज (मंगलबार) उद्घाटन भएको हो । 


    आइसोलेशन बेडमा १० वटा अक्सिजन र तीन वटा कन्सुलेटर(अक्सिजन दिने मेशिन) गरी १३ जनालाई अक्सिजन दिन मिल्ने पथरी नगर अस्पतालको प्रवक्ता जगत मगरले बताए । कन्सुलेटर पथरी काठमाडौ समाजले अस्पतालले सहयोग स्वरुप उपलब्ध गराएको हो । अब पथरीशनिश्चरेमा भेन्टिलेटर आवश्यक नपर्ने बिरामी बाहेक १३ जनसम्मले अक्सिजनसहितको आइसोलेशनमा बस्ने पाउने भएका छन् । 

    कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि नगर प्रमुख दिलिपकुमार राई लगायत १६० जनामा भाइरस पोजेटिभ देखिएको छ । जस मध्ये ७ जनाको मृत्यु भइसकेको प्रवक्ता मगरले बताए । 
    नगर अस्पतालमा कन्ट्याक्ट टे«सिङको आधारमा पीसीआर स्वाब संकलन हुँदै आएको छ । पीसीआर स्वाब दिनै पर्ने ब्यक्ति मात्र आएमा कोभिड नियन्त्रण गर्न सहज हुने मगरको भनाइ छ । स्वाब संकलनको किड शीमित भएकाले अस्पताल आइहालियो स्वाब दिउँ त भन्ने भन्दा आवश्यकीय ब्यक्तिहरुको मात्र परीक्षण गर्ने वातारण भएमा नियन्त्रण गर्न सहजहुने उनको भनाइ छ । 


    नेपाली कांग्रेस सम्बद्ध युवा संगठन तरुण दल नगर समितिले कोभिड भाइसस पोजेटिभ देखिएको १२४ घरलाई सेनिटाइज (किटानु मर्ने औषधी छिर्किने काम) गरेको छ । तरुण दलका नगर अध्यक्ष शन्तोष कटवालले १० वटै वडामा रहेका कोरोना देखिएको घरलाई सेनिटाइज गर्नुको साथै हरेक घरमा माक्स र साबुन वितरण गरेको जानकारी दिए । सो संगठनले जेठ ७ देखि तीन दिनसम्म सेनिटाइज गरेको थियो ।
     

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …