•  बुधराज लिम्बू योङ्हाङ १० जेष्ठ - इलाम : जिल्लाको माइ नगरपालिकाकाको मुख्य नाका मा सुखानी सहित प्रारकमा आज १५औ दिन को अभियानमा नगर प्रमुख दिपक थेबे र उप प्रमुख बिष्णु माया रिमाल ले राम्रो काम भएकोले उच्च मुल्यांकन गर्दै धन्यवाद दिनु भएको छ l

    माइ नगरपालिकामा युवाहरुले लगातार कोरोना विरुद्ध सचेतना कार्यक्रम संचालन गरिरहेका  छन ।सोमबार  प्रन्ध दिन भएको छ । माइ नगरपालिकाको दक्षिण तर्फबाट प्रवेश गर्ने मुख्य नाका सुखानी सहित गेट देखि दानाबारी माइ नगर पालिका प्रवेश गर्ने मुख्य नाकामा युवा सशक्तीकरण संजालले हेल्पडेस्क संचालन गरि आवातजावत गर्नेलाई सचेत गराउँदै आएको थियो।

    नगर पालिकाबाट नगर प्रमुख दिपक थेबे /उप प्रमुख बिष्णु माया रिमाल / प्रमुख प्रशासकीय अधिकृत बिष्णु थेगुवा / लेखा अधिकृत क्ष्रेत्रनाथ शर्मा / सशस्त्र प्रहरी निरीक्षक दिनेश श्रेष्ठ /नेपाल प्रहरी सइ पदम सुन्दर लिम्बू को संयुक्त टिम ले अनुगमन गरि युवा सशक्तीकरणले गरेको यो कार्य लाई नगर पालिका बाट उच्च मुल्यांकन भएको नगर प्रमुख दिपक थेबे ज्यु ले बताए!

    विगत १५ दिन देखि नगरपालिका प्रवेश गर्नेहरुलाई संक्रमणबाट बच्न र महामारीबाट जोगिन लाई सचेत गराउँदै नि:शुल्क मास्क वितरण र सेनिटाइजर प्रयाेग गर्न सल्लाह सुझाव दिदै आएको युवा सशक्तीकरण टिम लाई सुरक्षा कर्मी सशस्त्र प्रहरी नेपाल प्रहरी ले राम्रो काम भएको र सुरक्षा लाईलाई नै सहयोग भएको बताए ।

    सो कार्यको खुलेर प्रसंशा सहित धन्यवाद दिए । अनावश्यक हिंडडुल नगर्न साथै अति आवश्यक भए पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिदै सुरक्षित रहन र घर मा नै बस्न सम्पुर्ण माइ बासी लाई अनुरोध गरिएको संजालका नगर अध्यक्ष दिपेन्द्र सुब्बा ले जानकारी दिएका हुन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…