• उर्लाबारी ११ जेठ
    मोरङको कानेपोखरी वडा नं. ७ स्थित धिमाल समुदायको ग्रामथान रहेको क्षेत्रमा गाउँपालिकाले व्यवसायीक संरचना निर्माण गर्ने कार्य प्रति धिमाल समुदायले आपत्ती जनाएको छ ।
    धिमाल जातीय विकास केन्द्र, कानेपोखरी गाउँपालिका समिति र धम्कुवा गाउँ टोल समितिले विज्ञप्ति जारी गर्दै गाउँपालिकाको सो कदम प्रति आपत्ती जनाएको हो । 
    सो क्षेत्रमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेटबाट स्थानिय सरकारले खुल्ला व्यायमशाला तथा विभिन्न ब्यवसायिक संरचना निर्माण गर्न लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलमा मन्त्रालयबाट ५० लाख गाउँपालिकामा आएपछि धिमाल समुदाय सँग छलफल र अनुमति बिना त्यस क्षेत्रमा खुल्ला व्यायामशाला, प्रवेशद्वार (गेट) वनभोज खाने कटेज, विश्रामालय, खानेपानी ट्युबवेल लगायत निर्माण गर्न लागिएको छ । रंगेली–कानेपोखरी हुलाकी मार्गले छोएको पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी चोकदेखि १ किलोमिटर दक्षिणमा रहेको सो पोखरी क्षेत्रमा धिमाल जातिको ग्रामथान रहेको छ । धिमाल जातिको जीवन पद्धति वन जंङ्गल, खोला नाला लगायतको प्रकृति सँग जोडिएको हुने बताउदै समुदायको ईतिहास, सँस्कृति संरक्षण गर्न राज्यको दायित्व भए पनि विकासको नाममा समुदायको ईतिहासलाई नै नामेट पार्ने कार्य स्थानिय सरकारले गरिरहेको प्रति धिमाल जातीय विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष केदार धिमालले आक्रोश व्यक्त गर्नु भयो । धिमाल समुदाय सँग विना छलफल, विना अनुमति ऐतिहासिक स्थलको अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरित कार्य भएको समेत उहाँले बताउनु भयो । कानेपोखरी ग्रामथानको  ईतिहास, संस्कृती, मिथकहरुलाई समाप्त पार्ने ध्येयका साथ स्थानिय सरकारले विभिन्न ब्यवसायिक संरचना निर्माण गर्ने अदुरदर्शी कदमलाई सच्याउन धिमाल जातीय विकास केन्द्र, कानेपोखरी गाउँपालिका समितिका अध्यक्ष प्रकाश धिमालले विज्ञप्ति मार्फत अनुरोध गर्नु भएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …