• बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ ।

    कार्कीको निधन पछि नगरपालिका आज शोक विदा दिईएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ ।

    कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

    नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताउनुभयो ।

    नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उहाँले बताउनुभयो ।

    कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिनु भएकी उहाँलाई वैशाख १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    कोरोनाको सङ्क्रमण भएपछि होम आइसोलेशन बस्दै आउनु भएकी कार्कीको स्वास्थ्य अबस्था जटिल बनेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

    त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । कोरोनाको दोस्रो लहरमा निधन हुने उहाँ पहिलो स्वाथ्यकर्मी हुन् ।

    कार्की भीमदत्त नगरपालिका–६ ऐठपुरका स्थायी बासिन्दा हुनुहुन्थ्यो ।

सम्वन्धित समाचार

चितवन, १६ जेठ : कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्…

 नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँप…

म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ ।  जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिज…

आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद…