• वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन खरिदका लागि ग्रामीण असाहय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र मकवानपुरले रु नौ लाख सहयोग गरेको छ । अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी रु नौ लाख सहयोग गरेको हो ।

    केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले अस्पतालमा उपचार हुने कोभिड–१९ का बिरामीको उपचारमा सघाउ पु¥याउने उद्देश्यले सिलिण्डर खरिद गर्न रकम सहयोग गरेको जनकारी दिनुभयो । अस्पतालमा रहेका बिरामीका लागि दैनिक २४० वटा सिलिण्डर अक्सिजन आवश्यक रहेको भन्दै हालसम्म दाताका कारण खासै अक्सिजनको अभाव सिर्जना नभएको अस्पतालको दाबी छ ।

    हेटौँडा अस्पताललाई नेपाल जेसिज केन्द्रीय कार्यालयले १०१ वटा सिलिण्डर अक्सिजन सहयोग गरेको छ ।

    जेसीआई हेटौँडाको पहलमा नेपाल जेसिजमार्फत अक्सिजन सहयोग गरिएको नेपाल जेसिज वर्ष अध्यक्ष अरुणेश्वर खनालले जानकारी दिनुभयो ।

    दैनिक ज्याला मजदूरी गर्ने व्यक्तिलाई निःशुल्क खाना निषेधाज्ञालाई मध्यनगर गरी वाग्मती प्रदेशको राजधानी हेटौँडामा रोटरी क्लब अफ मकवानपुरले निःशुल्क खाना खुवाउन थालेको छ ।

    निषेधाज्ञाका कारण विपन्न तथा दैनिक ज्याला मजदूरी गर्ने व्यक्ति भोको बस्न नपरोस् भनी उक्त समुदायलाई लक्ष्य गरी रोटरीले निःशुल्क खाना खुवाउन शुरु गरेको हो ।

    कोभिड–१९ को असहज परिस्थितिलाई मध्यनगर गर्दै दैनिक गुजारा चलाएर खान खानेहरुका लागि मध्यनजर गरी दैनकरूपमा निःशुल्क खाना शुरुआत् गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष काविन साङ्गामीले जानकारी दिनुभयो । रोटरी क्लबका निर्देशक शुक्रराज जोशीको संयोजकत्वमा निःशुल्क खाना खुवाउने कार्यको शुरुआत गरिएको हो ।

    बुधबार हुप्रचौरमा ४२, हेटौँडा अस्पतालमा ३५ र हेटौँडा–१० स्थित गोरक्षेश्वरधाममा सात गरी कूल ८४ जनाले खाना खाएका छन् ।

    रोटरी क्लब अफ मकवानपुरले निषेधाज्ञा अवधिभर बिहानको एक छाक निःशुल्क खाना खुवाइएको अध्यक्ष साङ्गामीले बताउनुभयो ।

    निःशुल्क खाना खुवाउने कार्यक्रमलाई सघाउन हेटौँडा–२ पिपलबोटका व्यवसायी प्रदीप बज्राचार्यले रु १० हजार एक, गोरखापत्र दैनिकका हेटौँडा संवाददाता राममणि दाहालले रु पाँच हजार, महालक्ष्मी विकास बैंकको कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ताले रु दुई हजार, रोटरी क्लब अफ मकवानपुरका सदस्य डा डोजेद्र बस्नेत र डा स्वेच्छा शाहले संयुक्तरूपमा रु पाँच हजार, हेटौडा–४, स्कुलरोडका राहुल गुप्ताले एक दिनका लागि आवश्यक खाना राख्ने प्लास्टिक तथा कागजका सामग्री, एपी पेपर इण्डष्ट्रिज प्रालिका सञ्चालक विजयकुमार श्रेष्ठले एक हजार थान कागजका प्लेट सहयोग गर्नुभएको छ ।

    स्वास्थ्य सामग्री सहयोग वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–६ मा रहेको स्वास्थ्यचौकीलाई अक्सिजन कन्सनट्रेटर, मास्क, ग्लोल्बस (सर्जिकल पञ्जा) लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    उपमहानगरपालिका–६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले उक्त स्वास्थ्यचौकीलाई एक थान कन्सनट्रेटर, तीन थान मास्क, एक थान सर्जिकल पञ्जा सहयोग गरेको हो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…