• गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताउनुभएको छ ।

    प्रदेशको अर्थ मन्त्रालयद्वारा आज आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा उहाँले सबैभन्दा पहिले जनता बचाउनुपर्ने भएकाले बजेटको ५०

    प्रतिशत स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

    कोइरालाले निर्वाचन पूर्वाधार विकास क्षेत्रको बजेट दुई करोडबाट बढाएर बरु पाँच करोड पु¥याउनुपर्ने र यस कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।

    मितव्ययिता भनेर भाषण गर्ने सरकारले अनावश्यक मन्त्रालय थप्दै गएको बताउँदै उहाँले प्रदेशको आम्दानी बृद्धिभन्दा अनावश्यक खर्च गर्न तल्लिन रहेको टिप्पणी गर्नुभयो ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …