• सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४घण्टामा शून्यमा झरेको छ ।

    कोरोनाको दोस्रो लहर फैलिएसँग सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो ।

    अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो२४घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ ।

    अस्पतालमा४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा,१५को सघन उपचार कक्ष,२५जनाको अक्सिजनको सहयोगमा उपचार व्यवस्थापन भइरहेको छ ।

    यस वाहेक मोड्रेट केशका चार र आकस्मिक कक्षमा पाँच जनाको उपचार भइरहेको छ । सो अवधिमा २८ उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ भने छ जना भर्ना हुनु भएको छ ।

    यसै बीच आज सुदूरपश्चिम प्रदेशभर नौ सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कञ्चनपुर र कैलालीका चार ÷चार तथा अछामका एक सङ्क्रमितको मृत्यु भएको हो ।

    पछिल्लो२४घण्टमा प्रदेशमा एक हजार ९८७ जनाको एन्टिजेन र पिसिआर परीक्षण हुँदा ४८७ नयाँ सक्रमित थपिएका छन् । यो अवधिमा ५६९ उपचार व्यवस्थापन पछि घर फर्किएका छन् ।

    प्रदेश भरीको तथ्याङ्क विश्लेषण गर्दा केही दिन यता कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटको छ ।

    दोस्रो लहरको कारोना भाइरस फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङक्रमित थपिएका थिए ।

    प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …