• उर्लाबारी भदौं २२ गते

    किराँत राई यायोक्खा उर्लाबारी नगर कार्य समितीले उर्लाबारीका निर्वाचित जनप्रतिनिधीहरुलाई बिहिवार सम्मान गरेको छ । यायोक्खाको भवनमा आयोजित कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो,उपमेयर लक्ष्मी भण्डारी तथा बिभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको हो । सम्मानित सबैलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।


    सम्मान कार्यक्रममा बोल्दै मेयर फागोले धार्मिक तथा जातिय सद्भाव मुलुकमा आवश्यक रहेको बताएका छन् । सद्भावले मात्र एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने उनको भनाई थियो । मेयर फागोले कला संस्कृति जर्गेनाको लागि बिभिन्न जातजातिको लागि सक्दो सहयोग पुर्याउने बताए । तर कसैले बजेटको दुरुपयोग गर्ने नहुने उनले बताए ।


    यायोक्खाका अध्यक्ष केशरमान राईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष मानबहादुर राईको स्वागत तथा नारायण राईको सन्चालन रहेको थियो । यायोक्खाले राई जातिको हकहित र कला संस्कृति संरक्षणमा कामहरु गर्दै आएको सदस्य नुतन राईले बताएका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…