• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा क्रियाशील चार पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको अलोकतान्त्रिक कदम नसच्चिए राजनीतिक प्रपतिरोधको चेतावनी दिएका छन् । 

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द)्र, एमाले माधव नेपाल समूह र जनता समाजवादी पार्टीले शनिबार अपरान्ह पथरीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सो चेतावनी दिएको हो । 

    राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी ओली अधिनायकवाद तर्फ अघि बढ्दै जनविरोधी काम गरिरहेको भन्दै गाउँगाउँबाट विरोधमा उत्रिनु पर्ने दिन आएको जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

    ‘भण्डारी र ओली मिलेर फागुन ७ गते राति चालेको कदम विरुद्ध पथरीशनिश्चरेमा रहेका चार पार्टी घोर भ्रत्सना गर्दछौ ।’ संंयुक्त विज्ञप्तिमा भनिएको छ ‘कोरोना माहामारीको वास्तै नगरी चालिएको लगत कदमको राजनीतिक प्रतिवाद गर्न लोकतन्त्रवादी, न्यायप्रेमी जनतालाई अपिल गर्दछौ ।’

    संविधानको धारा ७५ (५) अनुसार बहुमत प्रतिनिधि सभा सदस्य रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गरी राजनीतिक संकटको अन्त्य गर्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख छ । 
    पत्रकार सम्मेलनमा एमाले माधव नेपाल समूहका जिल्ला सदस्य टंक भण्डारीले विद्यादेवि भण्डारी र ओलीको असंबैधानिक कदम नसच्चिए पथरीशनिश्चरेबाट राजनीतिक प्रतिरोध संघर्ष थाल्ने चेतावनी दिए । 

    कार्यक्रममा नेपाली कांग्रेसको पथरीशनिश्चरे नगर सभापति टेकबहादुर थापा, माओवादी केन्द्रको नगर अध्यक्ष चेतन दाहाल, जनता समाजवादी पार्टीको तारा दवाडीले राजनीतिक संकट अन्त्य नभए आन्दोलनको बिकल्प नभएको बताएका थिए । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा नगर ईन्चार्ज दिनानाथ तिम्सिना, सहइन्चार्ज बालकुमार मगर (बिकास) नेपाली कांग्रेसका नगर सचिव दुर्गा भट्टराई र केही युवाहरु सहभागि रहेका थिए । 

    यस अघि मोरङको कानेपोखरी गाउँपालिकामा क्रियाशील पाँचवटा पार्टीले पनि यसैगरी प्रधानमन्त्री ओलीको कदम नसच्चिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसहितको विज्ञप्ति प्रकाशन भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…