• उर्लाबारी २१ जेठ 
    एक वर्ष अघिको र हालको भिडियो सहीत केके भनेका थिए 
    विजय धिमाल

    मोरङको उर्लाबारी र झापा सिमामा पर्ने चिउरा मिल आम्बारी सडक खण्ड याक्थुङवा चौक देखि तल झर्ने सडक अनिश्चित कालकालागी होमपाइप तेर्साएर स्थानियले अवतजावत बन्द गरेको छ ।


    अनियन्त्रीत रुपमा टीफर गुडाएर बाटोको धुलोले स्थानियलाई असर गरेपछि स्थानियहरु एक भई कालोपत्रे नहुन्जेल सम्म अनिश्चित कालकालागी बाटो बन्द गरीएको हो । सडक भने झापाको दमक १० वडा बैसाबारी पर्दछ ।

    उपस्थितीले तत्काल अर्जुन लिम्बुको संयोजकत्वमा ७ सदस्य संघर्ष समति बनाएको छ । जस्मा डम्बर लिम्बु, सम्सेर लिम्बु, कुमार श्रेष्ठ, बिनोद धिमाल, टेकबहादु धिमाल र नबिन श्रेष्ठ रहेका छन समितिलाई गाउँलेको पुरै साथ र सर्मथन रहेको छ । अन्य ठाउँमा विकास निर्माण्को काम रोकिएको छैन यहाँ चही कोरोनाको बहाना बनाई काम ठप्प पार्ने भन्दै स्थानिय आक्रोसित भर्य सडकमा उत्रिएका थिए ।

    जवसम्म सरोकार वालाहरुले कालोपत्रेकालागी चासो लिदैन, कालोपत्रे हुदैन, हाम्रो माग पुरा हुदैन तव सम्म सडक बन्द रहने समिति र स्थानियको भनाई रहेको छ । मोरङको सिमा भेट्नेजति कालोपत्रे झापाले भेट्ने १६ सय मिटर बेवाहरीसे अवस्थाको धुलाम्मे हेपेको भन्दै स्थानिय जुरमुराएका थिए । पटक–पटक सम्बन्धित वडा र नगरपालिका सम्म पुग्दा समेत केही नभएकोले यस्तो कार्यगर्न बाध्य भएको स्थानिय अगुवा सम्शेर लिम्बुले जानकारी दिए ।

    सडक खुलाउन प्रहरी समेत खटाइयो तर खोल्न रकेन । यो विषयमा मलाई केही जानकारी छैन प्रदेश सांसद (कुशल) कुलप्रसाद साँवालाई सबै थाहा भएको र सम्पर्क गर्दा सम्पर्क समेत हुन नसकेको भन्दै दमक वडा नम्बर १० का वडा अध्यक्ष बोधराज न्यौपानेको भनाई रहेको थियो । गत वर्ष २०७६ चैतमा कालोपत्रेकोलागी प्रदेश नम्बर १ का प्रदेश सांसद (कुशल) कुलप्रसाद साँवाबा १ हजार ६ सय मिटर कालोपत्रेको शिल्यानास भएको थियो ।

    उपस्तिथीमा दमक वडा नम्बर १० का वडा अध्यक्ष बोधराज न्यौपाने, उर्लाबारी नगर उप–प्रमुख लक्ष्मिदेबि भन्डारी, उर्लाबारी वडा नम्बर ०८  का वडा अध्यक्ष कुलबहादुर कार्की, ठेकेदार लगायतका स्थानयि नेता वा व्यक्तिहरु रहेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…