• मोरङ । मोरङको कानेपोखरी ३ मा एक महिना अघि खेतमा फेला परेको १६ बर्षिय किशोरी सीता चौधरी (पुलती) घट्नामा प्रहरी अनुसन्धान फितलो देखिएको छ । 

    कानेपोखरीमा रहेको मामा प्रकाश खवासको घरमा बस्दै आएकी पुतली बैशाख २२ गते अपरान्ह करिब ४ बजे मृत अवस्थामा फेला परेकी थिइन । १६ बर्षिय चौधरी मामाको घर नजिकै रहेको प्रकाश खड्काको घरमा घरेलु (बस्तु सिहार्ने, घाँसपात गर्ने) काम गर्थिन । दिउँसो प्रकाश खड्काको घरमा काम गरेपनि बेलुका मामाको घरमा सुत्न जान्थिन । बैशाख २२ गते प्रकाश खड्काको घर नजिकै मकैबारीमा पुतली मृत अवस्थामा फेला परिन । पुतलीको शव भेटिएको वरिपरी मकैको बोट, झारपात मडारिएको थिएन । खेतमा घोप्टो परेको अवस्थामा पुतलीको शव भेटिएको थियो । 

    मृत फेला परेको शवलाई प्रकाश खड्काको घरमा ल्याएर तेल तताएर मालिस गरिएको थियो । कोही धामी झाक्री खोज्न पठाएको स्थानीय सोभा जोशीले बताइन । शब भेटेपछि प्रहरीलाई खबर गर्नु पर्ने वा तुरुन्त अस्पताल पठाउनु पर्नेमा प्रकाश खड्का परिवार समेत लागेर तेल दलेर बसेको जोशीको भनाइ छ । पुतलीको जीउ तताउनको लागि उनको दिदी भेना समेत लागेर तेल दलेको प्रकाश खड्काको भनाइ छ । 

    सोही साँझतिर पुतलीको शवलाई रंगेली अस्पताल पु¥याइएको थियो । रंगेली अस्पतालले पोष्ट मार्टम गर्न नमानेपछि कोशी अस्पाताल विराटनगरमा पोष्ट मार्टम गरेर बैशाक २३ गते (मरेको भोली पल्ट) बिहान डाँस खोलामा दाह सस्कार भएको थियो । खेतबाट उठाएर ल्याएपछि तेल लगाउन कपडा खोल्ने क्रममा मृतक पुतलीको योनीबाट रगत बगिरहेको देखेको दिदी जानुका चौधरीले बताइन । 

    पुतलीको योनीमा रगत बगेको देखिएको र शवलाई तुरुन्त प्रहरी बोलाएर अनुसन्धान गराउनुको साटो तेल दल्ने, धामी खोज्न पठाउने काम खड्का परिवारले घट्नालाई अर्कोतिर मोड्ने प्रयास भएको पीडित पक्षको भनाइ छ । घट्ना स्थलमा झारपात नमडारिएको र माटो अलिकती पनि नमडारिएकोले कतै हत्या गरेर त्यहा फालिएको हुनसक्ने मृतको ठुलोबुवा शिव चौधरीको भनाइ छ । 
    पुतलीको शव भेटिएको खेतमा बढीमा एक फिट पानीको सतह थियो । प्रकाश खड्का परिवारले बहिनीको पानीमा डुबेर, सर्पले टोकेर मरेको हल्ला चलाएको अर्का दिदी सुनिता चौधरीको भनाइ छ । १६ बर्षिय किशोरी खेतमा मृत फेला पर्नु, योनीमा रगत देखापर्नुले शंका पैदा भएको स्थानीय गणेश गिरीको भनाइ छ । कानेपोखरी ३ को वडा अध्यक्ष किर्तिमान मादेन लिम्बूले पनि घट्ना संकास्पद रहेको बताएका छन् । 

    प्रकाश खड्का श्रीमति र छोराहरुसँगै बस्छन । खड्काको घरमा काम गर्ने पुतलीको प्रकाशले नै बलत्कार गरी हत्या गरेको हुनसक्ने भएको भन्दै पीडित परिवारले छानबिन गर्न प्रहरीसँग माग गरेका छन् । खड्काले भने आरोपको खण्डन गर्दै पुतलि हरियो मकै पोलेर खाने भनेर खेतमा भाँच्न गएको १५ मिनेटसम्म नआएपछि पत्नीसहित खोज्न गएको बताए । नभेटेपछि उनको मामाको घरमा पनि गएर सोधेको, सबैतिर हल्ला भएपछि खोजि गर्दा घरदेखि करिव सय मिटरको दुरिमा खेतमा घोप्टो परेर लडेको अवस्थामा भेटिएको बताए । पुतली लडेको ठाउँमा झारपात नमाडिएको खड्काले पनि स्वीकार गरे । 
     
    जेठ २० र २१ (बिहिबार, सुक्रबार) १ नम्बर प्रदेश सभा सदस्य कृष्णकुमारी राई, कानेपोखरीबाट शोभा जोशी, गणेश गिरी, मृत्युक पुतलीकी बाउ पञ्जु लगायत घरपरिवार इलाका प्रहरी कार्यालय पथरीमा आएका थिए । 


    घट्नाको निष्पक्ष छानविन गर्न प्रहरीसँग अनुरोध गरेका छन् । बहिनीको मृत्यु भएको एक महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धान नगरेको पीडित दिदी सुनिता चौधरीको सुनासो गरे । प्रहरी कार्यालयमा मृतककी दिदीहरु लगायतका आफन्त र छरछिमेकीहरु निक्कै आक्रमक शैलीमा प्रस्तुत भएका थिए । इलाका प्रहरी कार्यालय पथरीमा प्रकाश खड्कालाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै किटानी जाहेरी दिएका छन् । 

    घट्ना हेर्दा प्रहरी अनुसन्धान भने फितलो देखिएको छ । प्रकाश खड्काकै भनाइलाई आधार मान्दा पनि मकै भाँच्न गएको १६ बर्षिय किशोरी १५ मिनेटको अन्तरमा खेतमा कसरी ढलिन त ? 
    इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काले पुतलीको कोशी अस्पतालबाट पोष्ट मार्टम रिपोर्ट आएको बताए । पोष्ट मार्टम रिर्पोटमा पुतलीको योनी नर्मल अवस्थामा रहेको उल्लेख भएको डीएसपी खड्काको भनाइ छ । भिसेरा परीक्षणको लागि काठमाडौं पठाएको डीएसपी खड्काले बताए । पीडित परिवारले भने किटानी जाहेरी दिएपछि प्रकाश खड्कालाई तत्काल पक्राउ गरेर कडा अनुसन्धान थाल्नु पर्ने माग रहेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल (चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड …

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित एभरेष्ट आवासीय मावि बुद्धिचाल खेलमा अन्य स्कुलहरुलाई उछिन्दै राष्ट्रव्या…

मोरङ । मोरङको पथरीशनिश्चरेमा भएको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्…

मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्…