• गैरआवासीय नेपाली संघ (एनआरएनए ) को “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत दोस्रो चरणमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँ पुगेका छन्।

    संघका राष्ट्रिय समन्वय परिषद्को समन्वयमा यूकेबाट १५०,अस्ट्रेलियाबाट १००,क्यानाडा बाट ७५,जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०,इटाली बाट १० चीनबाट ७ र अन्य संस्थाहरु सहयोगमा ३६ गरि ४२८ कन्सन्ट्रेटर आइतबार नेपाल पुगेको संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

    यस्तै अफ्रिका क्षेत्रबाट २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको पन्तले जानकारी दिए। संघले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको पहल सुरु गरिसकेको हुँदा अभियानमा विभिन्न तवरमा सहयोग गर्नेसबैलाई पन्तले धन्यवाद समेत दिएका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…