• मोरङ। नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा.शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउन थालेका हुन् ।


    नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् । ‘कोरोना संक्रमितहरुलाई केही सहयोग पुर्याउँ भनेर हामीले मंगलबारबाट निःशुल्क खाना खुवाउन थालेका छौं,’ डा.शर्माले भने, ‘अस्पतालमा भएका सबै कोरोना संक्रमितलाई असार मसान्तसम्म बिहान बेलुकाको खाना निःशुल्क खुवाउँछौ । सम्भव भयो भने त्यो भन्दा पछि पनि खुवाउँने सोचमा छु ।’

    नोबेल अस्पतालमा अहिले १२० जना कोरोना संक्रमित उपचाररत छन् । मंगलबार बिहान सबै संक्रमितलाई निःशुल्क खाना वितरण गरिएको छ । अस्पतालमा भएका सबै संक्रमितलाई हरेक दिन बिहान–बेलुका दाल, भात, तरकारी सहितको खानाको प्याकेट र एक÷एक वोतल मिनिरल वाटर वितरण गरिने खाना वितरणमा खटिएकी नोबेल अस्पतालकी डा.बन्दना घिमिरेले जानकारी दिइन् ।
    स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिदै आएको छ । अब, अस्पताल सञ्चालक एवं समाजसेवी डा।शर्माले आफ्नैतर्फबाट खाना पनि निःशुल्क वितरण गर्न थालेपछि विरामीहरुलाई थप राहत मिलेको छ ।

    डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । गतबर्ष उनले मोरङको क्षेत्र नं।३ का बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका कोरोना प्रभावित जनतालाई राहत वितरण गर्न ४० लाख सहयोग प्रदान गरेका थिए । उनले हजारौं विपन्न विरामीलाई निःशुल्क उपचार गराएर ज्यान बचाएका छन् । समस्यामा परेकाहरुलाई डा।शर्माले आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…