• रोल्पा। उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र (कान्छा) दिपेश पुन र पूर्वमन्त्री वर्षमान पुनका स्वकीय सचिव जीवनप्रवेश रोकामगरलाई ‘रोल्पाका दिलबहादुर घर्ती बचाउ अभियान’को बाँकी रकम सार्वजनिक गर्न सहयोगीहरूले माग गरेका छन् ।

    सामाजिक सञ्जाल र फोनमार्फत् पटकपटक अभियानपछि बचेको ३० लाख रुपैयाँ सार्वजनिक गर्न आग्रह गर्दा समेत कुनै पुन र रोकामगरले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ । साउदी अरबको जेलमा रहेका (हाल घर फर्किसके) रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन चार वर्षअघि आर्थिक संकलनका लागि अभियान शुरु गरिएको थियो । अभियानको नेतृत्व उपराष्ट्रपति पुत्र दिपेश र पूर्वमन्त्री वर्षमानका स्वकीय सचिव जीवनप्रवेशलगायत युवा समाजसेवीहरूले गरेका थिए ।

    ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’को संयोजक दिपेश र सचिव जीवनप्रवेश हुन् । उनीहरूसहित पीडित दिलबहादुरकी श्रीमती मनिका घर्तिमगरको संयुक्त नाममा ‘खाता खोली’ आर्थिक सहयोग संकलन अभियान ब्यापक रूपमा सक्रिय पारिएको थियो । अभियानले देश तथा विदेशमा सफलता प्राप्त गर्योअ र दिलबहादुर साउदी अरबको कहालीलाग्दो जेल जीवनबाट मुक्त भए ।


    दिलबहादुरले चलाएको ट्रकमा कार ठोक्किएपछि साउदी नागरिकको मृत्यु भएको थियो । लगतै, साउदी अदालतले उनको गल्ती देखाई मृतकका परिवारलाई करिब ६५ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो र रोल्पाबाट आर्थिक सहयोग संकलन गर्न थालियो ।
    अदालतले तोकेको ब्लडमनी तिरेर दुईवर्षको जेल सजायपछि दिलबहादुर घर फर्किसकेका छन् । दिलबहादुरले ब्लडमनी बाफतको ६७ लाख रुपैयाँ साउदीका लागि नेपाली दूतावासमार्फत् मृतकका परिवारले प्राप्त गरेपछि उनी जेल रिहा भइ घर फर्केका हुन् । अभियानका क्रममा स्वदेश तथा विदेशबाट उनको सहयोगका लागि १ करोड ४ लाख २६ हजार २ सय २३ रुपैयाँ संकलन भएको थियो । ६७ लाख रुपैयाँ दिलबहादुरलाई जेलबाट निकाल्नका लागि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमार्फत अभियानका संयोजक तथा उपराष्ट्रपति पुत्र पुनले हस्तान्तरण गरेका थिए ।


    दिलबहादुर बचाउ अभियानका क्रममा बचेको आर्थिक मध्ये सात लाख गोरखाका प्रेम राई ९सात लाख नै भएरनभएको कुनै पुष्टि छैन– जानकार०लाई सहयोग गरेको र बाँकी ३० लाख रुपैयाँ संयोजक पुन र सचिव रोकामगरले हालसम्म सार्वजनिक गरेका छैनन् । दिलबहादुरको अभियानबाट बचेको ३० लाख यथासिघ्र सार्वजनिक गर्न सहयोगीदाताहरूले आग्रह गरेका छन् । अभियान समापनका क्रममा ९३० साउन २०७५० संयोजक पुन र सचिव रोकामगरले बाँकी ३० लाख रूपैयाँ विशेष कोष बनाएर राखिने बाँचा गरेपनि अहिलेसम्म कुनै जानकारी दिएका छैनन् ।

    दिलबहादुरको सहयोगका लागि बेलायत र पोर्चुगलका प्रवासी नेपालीहरूले दश लाखभन्दा बढी रुपैयाँ संकलन गरी अभियानलाई बुझाएका थिए । राप्ती समाज यूकेको नेतृत्वमा मात्रै आठ लाख ७५ हजार पाँच सय ५५ र पोर्चुगलमा एक लाख ३९ हजार पाँच सय ४१ रुपैयाँ संकलन गरिएको थियो ।

    साउदी, दुबई, मलेसिया, कतारलगायत प्रायः मूलुकबाट उत्साहपूर्वक ढंगले आर्थिक संकलन भएपनि अभियानपछि बचेको ३० लाख गुपचुप राखिएपछि विभिन्न शंकाशरू उत्पन्न भइरहेको सहयोगीहरू (कतार, यूरोप र जिल्लाका अभियानमा सक्रिय युवा)ले बताएका छन् ।
    दिलबहादुर बचाउ अभियानबाट बचेको बाँकी रकम छिट्टै सार्वजनिक गर्न संयोजक र सचिवलाई पोर्चुगलमा बस्ने रोल्पाली युवा समाजसेवी कविराज बानियाँले आग्रह गरेका छन् । तीन वर्ष भइसक्दा पनि आर्थिक लेखाजोखा नगरेकोप्रति उनको आक्रोष छ । सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘रोल्पाका दिलबहादुर बचाउ अभियानबाट बचेको पैसा खोइ ? जुन अभियानमा म स्वयं पनि सहभागी थिए ।’

    रोल्पाका दिलबहादुर बचाउ अभियानबाट बचेको ३० लाख रकमको पारदर्शितासहित सार्वजनिक गरिनुपर्ने उनीहरूको माग छ । रोल्पा उद्योग वाणिज्य संघका महासचिव मिलन रोकाले पटकपटक हिसाब–किताब गर्न आग्रह गर्दा समेत दिलबहादुर बचाउ अभियानका संयोजक र सचिव मौन बसेको उनले बताए । उनले भने, ‘तपाई हामी सबैको सहयोगले उठेको रकम हो । त्यसमा हाम्रो दुःख, पसिना पनि मिसिएको छ । ३० लाख चाँडै सार्वजनिक गर्नका लागि दबाब सिर्जना गर्नुपर्छ ।’

    सामाजिक सञ्जालमा टिका–टिप्पणी भएतापनि आफूलाई अहिलेसम्म कुनैपनि व्यक्तिले बचेको बारे नसोधेको ‘दिलबहादुर घर्ती बचाउ अभियान’का सचिव जीवनप्रवेशले बताए । आफूहरूको खातामा ३० लाख नभई २०–२२ लाखसम्म हुनसक्ने अनुमान गरेका छन् । बाँकी पैसा जम्मा गर्न कोष बनाउने सल्लाह भएपनि कोरोनापछिको लकडाउनले संस्था दर्ता गर्न नसकेको उनले स्विकार गरे । ‘हामीहरूलाई रकम सार्वजनिक नगरेको आरोप लागेको छ । त्यो हल्ला सत्य होइन । रकम पहिल्यै सार्वजनिक गरिसकेका छौं,’ उनले भने, ‘संस्था पनि तयार भइसकेको छ । पैसा त्यसैमा राख्ने कुरा हो । नयाँ पाइला संस्थाको नाम राखेका छौँ । हामीसँग तीस लाख पैसा छैन ।’

    सामाजिक अभिन्ताहरूको गुनासो बारे ‘दिलबहादुर घर्ती बचाउ अभियान’का संयोजक दिपेश पुनलाई थप बुझ्न खोज्दा उनको फोन उठेन ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…