• उर्लाबारी, यहाँस्थित ८ र ९ नम्बर वडामा दैनिक हातमुख जोर्नका लागि ज्याला मजदुरी गर्नेहरुको संख्या अधिक छ । कोरोना कहरमा मजदुरी गुमेपछि छाडेपछि अधिकांसलाई दुई छाक जुटाउनै मुस्किल परेको छ । निषेधाज्ञाका कारण उकुसमुकुसको जिन्दगी गुजार्न उनीहरु बाध्य छन् । यहि दुरुह अवस्थालाई मध्यनजर राख्दै मंगलबारे यूवा क्लबले साविक राजघाट गाविसका विपन्नहरुको बस्ति चाहर्दै खाद्य सामग्री वितरण थालेको छ । एक साताको अवधिमा तीन सय घरपरिवारलाई आवश्यक खाद्य सामग्री वितरण गरिएपछि विपन्नहरुको मुहारमा खुसी छाएको छ । 


    कोरोना कहरको पहिलो चरणमा गत वर्ष विपन्न समुदायलाई खाद्य सामग्री वितरण गरेर स्थानीय स्तरमा ‘वाहवाही’ बटुलेको मंगलबारे युवा क्लबले दोस्रो चरणको खाद्य वितरण गरिरहेको छ । एकसाताको अवधिमा उर्लाबारी राजघाटको बहादुर बाबा टोल, महाराजथान टोल, आमबारी, र दुर्गापुरीमा गरी तीन सय बढी घरपरिवारलाई खाद्य सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष पीपलराज गिरीले जानकारी दिए । यस्तै, उर्लाबारी–७ का निम्नस्तरका व्यक्तिहरु लाई पनि राहत वितरण गरिएको छ । 

    वितरित खाद्य सामग्रीमा १० किलो चामलका अलवा दाल, साबुन, आलुलगायत सामग्री उपलब्ध गराइएको छ । 


    ‘‘जहाँ–जहाँ चुल्हो निभ्छ, त्यहाँ मंगलबारे युवा क्लब पुग्छ’ भन्ने उद्घोषका साथ शुरु भएको अभियानमार्फत अघिल्लो वर्ष १२ सय घरपरिवारलाई खाद्यान्न वितरण गरिएको अध्यक्ष गिरीले उल्लेख गरे । स्थानीय सरकारको बेवास्ताले गर्दा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने गरिव–बिपन्न भोक–भोकै पर्न थालेकोले आफुहरुले खाद्य सामग्री वितरण गरेको उनले बताए । ‘निषेद्याज्ञाको यत्रो दिन भईसक्यो, गरिवहरु काम गर्न जान पाको छैन, घरमा चुलो बलेको छैन यो समस्या स्थानीय जनप्रतिनिधिले बुझ्नु पर्दैन ?’ उनले आक्रोश पोखे ।

    जनता आहातमा परेको भन्दै थोरै भएपनि राहतको लागि आफुले यसको अगुवाई गरेको गिरीले बताए ।
    त्रिकाल परिवार फाउन्डेसन उर्लाबारीको समन्वयमा राजघाटका विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।


    ‘हुनेले दिने, नहुनेले लिने! मुल ध्येय बोकेर खाद्य सामग्री संकलन र वितरण गरिदै आएको अभियानका संयोजक खड्गबहादुर थापा भुपालले बताए ।

    संयोजक थापाका अनुसार महामारीको बेला उर्लाबारी क्षेत्रमा कोहिपनि भोकै नरहने अवस्था सिर्जना गरिनेछ । चामलको अभावमा कति छाक भोकभोकै रहेको सुनाउदै स्थानीय सन्तोष धामीले मंगलबारे युवा क्लब आफ्नालागि साक्षात भगवान भएको भन्दै प्रसन्नता व्यक्त गरेका छन् । झण्डै दुइमहिनाको  लकडाउनले खाने खर्च सकिएको, काम गर्ने अवस्था पनि नभएकाले चुलो निभ्ने अवस्थामा पुग्दा प्राप्त गरेको राहत आफुलाई लाखै पाएको राहत सामग्री लिनेहरुको भनाई छ ।

    विपन्नलाई खाद्य सामग्री वितरणमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश थापा, स्थानीय कांग्रेस नेता मुक्तिप्रकाश न्यौपानेका अलवा उर्लाबारी–३ का सामाजिक अगुवाहरु भीम थापा, रेसु कटुवाल, निरज कार्की, डा.मोहनशमशेर थापा, खड्ग कार्की, किरण श्रेष्ठ, शंकर निरौला, त्रिकाल परिवार फाउन्डेसनका अध्यक्ष नारायण बस्नेतलगायत इन्द्र लामा, नेत्र गुरुङ, संजोग अधिकारी, खड्ग पौडेललगायतको टोली दैनिक खटीने गरेको छ । 

    कोरोना महामारीले देश नै संकटमा परेको अवस्थामा समाजका लागि आफ्नो दायित्व सम्झेर विभिन्न दाताहरुको सहयोगमा आवश्यकता अनुसार खाद्य सामाग्री वितरण गर्दै आएको मंगलबारे यूवा क्लब सम्बद्ध भीम थापाले जानकारी दिए । क्लबले निषेधाज्ञाको समयभरी वितरण गर्ने जनाएको छ ।

    सामाजिक संजाल फेसबुकबाट जानकारी गराए पश्चात इष्टमित्रहरु र संघ संस्थाबाट सहयोग आउने क्रम शुरु भएको त्रिकाल परिवार फाउण्डेशनका अध्यक्ष नारायण बस्नेतले बताए । बस्नेतका अनुसार जति राहत वितरण गर्दै गयो सहयोगदाता थपिदै गएकाले विपन्न, असहाय, दैनिक ज्यालादारी, मजदुरी गर्नेहरुलाई खाद्यान्न उपलब्ध गर्न ुहज भएको छ ।

    विपन्न, असहाय, अपांग, चुलो निभ्ने लागेकाहरुका निम्ती मंगलबारे युवा क्लबको खाद्य सामग्री वितरण कार्यक्रमका लागि उर्लाबारीका समाजसेवी जयधर्म आचार्य, विष्णु गुरागाई, एमाले मोरङका नेता रुपेश खतिवडा, तेह्रथुम मेन्छायेममा कार्यरत कर्मचारी इश्वरचन्द्र भट्टराई र रौतहट गौरका विजयप्रताप सिंहले आर्थिक सहयोग प्रदान गरेका छन् ।

    यस्तै, बैदेशिक रोजगारमा रहेका अर्जुन थुलुङ र कुमार श्रेष्ठ, उर्लाबारी–८ का अर्जुन लुम्फुङ्वा, अर्जुन सुब्बा, सिजा बस्नेत, निर्मल पोख्रेल, बाबुराम बुढाथोकी, रतुवामाई–१० का ध्रुव न्यौपाने, खगेन्द्र भट्टराई, उर्लाबारी–३ का टंकनाथ दाहाल, खगेन्द्र खबतरी बस्नेतलगायतले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको क्लबका अध्यक्ष गिरीले जानकारी दिए । सबै सहयोगी दाताहरुप्रति आभार प्रकट गर्दै चाडै हिसाब–किताब सार्वजनिक गरिने उनले जनाए ।

सम्वन्धित समाचार

गर्मी मौसम छ। धेरै गर्मी भएपछि मानिसहरु बजारमा उपलब्ध विभिन्न चिसो पेय पदार्थहरु पिउँछन्। तर, ती पेय…

बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका द…

नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दो…

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेर २०० पुगेको छ ।  …