• मिलन के राउत, उर्लाबारी 
    मानव र मानवताबीच जब आपत्त–विपत्त पर्छ, तब सच्चाई र झुटको कित्ता छुटिन्छ । जनताले सच्चा जनप्रतिनिधि चिन्ने बेला पनि यही हो । यसर्थकी यो बेला विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सन्त्रासले नागरिकलाई आतंकित बनाएको छ ।


    कोेरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यतिबेला देशभर निषेधाज्ञा छ । यससँगै दैनिक मजदुरी गरेर छाक टार्ने वर्ग चर्को समस्यामा परेका छन् । यस्तो बेला  मनकारी जनप्रतिनिधि पाउनलाई निकै गाह्रो छ । जोसँग मानवता छ, उसले मात्र अहिलेको समस्या बुझ्न सक्छ । ति थोरै मनकारी जनप्रतिनिधिका रुपमा भीष्मराज बुढाथोकी देखिएका छन् ।


    एमाले भातृ संगठन यूवासंघका केन्द्रिय सदस्य समेत रहेका उर्लाबारी न.पा.३ का वडासदस्य बुढाथोकीको दिनचर्या खाद्य सामग्री लिएर आफ्ना वार्डका विपन्नहरुको घर चहार्दै बित्ने गरेको छ । उनले आफ्नै अगुवाइमा वडामा रहेका विपन्न परिवारलाई घरदैलोमा पुगेर राहत सामाग्री वितरण गरेका छन् ।


    एकै ठाउँ भीडभाड गरी राहत सामाग्री वितरण गर्दा सामाजिक दुरी हुन नसक्ने भन्दै वडावासीको घरघरमै पुगेर उनले राहत सामाग्री वितरण गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन पालना गर्ने क्रममा कुनै पनि वडावासी भोकै नरहुन् भन्ने उद्देश्यले घरदैलोमै पुगेर राहत सामाग्री वितरण गरेको वडासदस्य बुढाथोकीले बताए ।

    आफुसहित समाजसेवी, उद्योगी र व्यवसायीको सहयोगमा वडाका विपन्न नागरिकलाई  खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए ।

    २५ केजी चामल र अन्य अत्यावश्यक सामग्री गरी निषेधाज्ञा अवधिभर खाद्य सामाग्री वितरण गरिने उनले बताए । हालसम्म उर्लाबारी–३ का ४० घरपरिवार लाभान्वित बनेका छन् । 

    मुलुक ठप्प भएको बेला समस्यामा रहेका विपन्न नागरिकलाई घरदैलोमै पुगेर राहत सामाग्री वितरण गर्नु प्रशसंनीय रहेको स्थानीय अरुण श्रेष्ठले बताए । ‘नेता चिन्नु र चिन्नुपर्ने आपत्त विपतमै हो भन्दै उनले मनकारी जनप्रतिनिधि बुढाथोकीबाट अरुलेपनि सिक्नुपर्ने बताए । वडासदस्य बुढाथोकीको समुहले  विभिन्न लक्षित समुहलाई माक्स, सेनिटाईजर तथा  समस्यामा परेका बटुवालाई गन्तब्यसम्म पुराउने, सडकमा अलपत्र परेकाहरुलाई खाजा खुवाउने तथा कोरोना संक्रमितलाई अस्पताल पुर्याउने र मृतकको शव व्यवस्थापनमा पनि जुटिरहेको छ । युवासंघ उर्लाबारीमा आबद्ध निसानकाजी थापा, सुमितसेन थापा, काजी लिम्बू, भरत ढकाल, विदुर रिजाल, रोशन रिजाल, निरोज थापा, सुजत श्रेष्ठ, दिनेश परियार, किरण राई, सेरू लिम्बू, सविना रसाइली, निहारिका भट्टराई र सकिरा कार्कीले वडासदस्य बुढाथोकीको अभियानमा साथ दिएका छन् । 

    कोरोनाको सम्भावित संक्रमण रोक्न गाउँपालिका प्रवेशका नाकाहरुमा उच्च सतर्कता सहितको हेल्प डेस्क राखिएको, गाउँमा  जिल्ला वाहिर र देशवाहिरबाट आएकाहरुको व्यापक खोजी गरेर लगत संकलन गर्ने र उनीहरुलाई निगरानी गर्ने, गाउँ टोल वस्तीहरुका जनचेतनाका लागि नियमित रुपमा माइकिङ गर्ने , आवश्यकता अनुसार होम क्वारेन्टाइनमा राख्ने  तथा  कोरोनाको संकास्पद व्यक्तिहरुलाई गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन तथा आइसोलेसन वार्डमा राख्ने लगायतका सबै तयारीहरु गरिएको पनि वडासदस्य बुढाथोकीले जानकारी दिए ।

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…

म्याग्दी, २५ मङ्सिर   म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक व…