• झापा, माघ २९
    झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका राजेन्द्र खनाल रु ८० लाख रुपैया बढी रकम लिएर तीन महिना अघिदेखि फरार रहेका खुलासा भएको छ ।
    दमक ८ निवासी ५२ बर्षिय खनाल गत मसिंरदेखिनै सहकारीसहित विभिन्न सात जना व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएको खुलासा बाहिरिएको हो ।
    उनी गत मसिंर २९ गते सम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकोमा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताईन् । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएपछि खोजीका लागि व्यवस्थापक तामाङसहितका कर्मचारी तथा बचकर्ताहरुले दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखित रुपमा जानकारी समेत गराएका थिए । अध्यक्ष वेपत्ता भएपछि दमक ७ मा रहेको सहकारीको कार्यालय गत मंसीर २९ गतेदेखिनै बन्द भएको छ । उक्त सहकारी २०७५ सालमा स्थापना भएको हो ।
    खनालले लामोसमयदेखि दमक वजारमा किराना पसल समेत चलाउदैआएका थिए । उनले आफू फरार हुन अगावै त्यस पसल समेत वेचिसकेका बुझिएको छ । उनीसंग त्यसबारे बुझन खोज्दा सम्पर्क हुन सकेन ।
    पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको रु २५ लाख ७० हजार १३३ सहित दमक ८ का ज्ञानेन्द्र श्रेष्ठको रु २१ लख, दमक ५ का राजु गौतमको रु ४ लाख,दमक ९का टेकबहादुर योन्जनको रु ८ लाख ,दमक ९ का रामकुमारी श्रेष्ठको रु १२ लाख,दमक ६ का डिल्लीराम प्रसाईको रु २ लाख, कमल गाउँपालिका ४ का गौरी राईको रु २ लाख कमल ४ कै दुरेन्द्र बहादुर नेम्बाङको रु ६ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।
    सहकारीको ठगी बिषयमा उजुरी गरिएपनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो बिषयमा पहलकदमी नचालेको भन्दै पीडितहरुको समूहले एकाएक घटना बाहिर ल्याउनु परेको पीडित कमल ४ का दुरेन्द्र नेम्बाङले बताए । सामाजिक सञ्जाल मार्फत पीडितहरुले न्यायका लागि सहयोग पुरयाँई दिन अपिल गरेका छन् ।

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…

म्याग्दी, २५ मङ्सिर   म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक व…

विराटनगर / अविरल वर्षासँगै गत कात्तिक १ गतेदेखि ३ गतसम्म आएको बाढीका कारण सुनसरी मोरङ औद्योगिक करिडोर क्…