• जुम्ला, २९ माघ

    कलिकोट महाबै गाउँपालिका–५ गेलागाउँका ४७ वर्षीय जनकबहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । उनी क्रोनिक क्रोनिक लिभर डिजीजका बिरामी हुन् । 

    उनको उपचार काठमाडौंको वीर वा टिचिङ अस्पतालमा हुनुपर्ने हो । तर, उनीसँग काठमाडौं पुगेर उपचार गर्ने त परको कुरा काठमाडौं जाने भाडा समेत छैन । शाहीले भने– मसँग काठमाडौं जाने भाडा समेत छैन । उपचारको कुरा परै जाहोस् ।

    शाहीले आर्थिक अभावका कारण स्वाथ्य बिमा पनि नगरेको बताए । शाहीको अवस्था देखेर कलिकोट महाबै गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले ३० हजार सहयोग गरेका छन् । कालिका मा.वि. राँचुली कालिकोटका प्रधानाध्यापक खगेन्द्र शाहीको पहलमा उपाध्यक्ष शाहीले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा पुगेर व्यक्तिगत रुपमा सो रकम सहयोग गरेका हुन् ।

    प्रधानाध्यापक खगेन्द्र भने, ‘यस्तो समस्या भएको थाहा पाएपछि उनको उपचार गर्नका लागि केही राहत पुगोस् भन्ने हेतुले प्रयास गरिएको हो । बिरामीलाई त्रिवि शिक्षण अस्पताल काठमाडौंसम्म पुग्नको लागि उक्त रकम भाडास्वरुप काम लाग्छ ।’

    उनको उपचार प्रतिष्ठानका मेडिसिन विज्ञ डा. धिरज गुरुङ र डा. राजेन्द्रमणि गिरीको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।
    उनको स्वास्थ्य बिमा भएको छ । प्रतिष्ठानले उनलाई १ फागुनमा रिफर गर्ने भएको छ । बिरामी शाहीले उपचारका लाग्ने खर्च आफूसँग नभएको र सहयोग गरिदिन अपील पनि गरेका छन् । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …