• पथरी २९ माघ
    खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पथरीमा दोस्रो पथरीशनिश्चरे प्रिमियर लिग २०७८ हुनेभएको छ  । 


    पथरीको सुम्मिनमा सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ देखि चैत्र ५ गतेसम्म लिग सञ्चालन हुने आयोजकले जानकारी दिए । वाईजीएफटी एफ.सी., देविगन्ज एफ.सी, शिखर एफ.सी., सिरिजंघा एफ.सी., १० नवोदय, न्यू स्टार एफ.सी., द रियल ब्रदर्श रहेका छन् भने नयाँ क्लबको रुपमा वाई.एफ.सी. गरी प्रतियोगितामा ८ वटा टिमले सहभागिता रहने छ । पत्रकार सम्मेलनमा ८ वटै क्लबका अनरहरु उमेश राई, सागर भट्टराई, नविन ढकाल, विरेन साम्बा, मिलन श्रेष्ठ, सरोज लिम्बु, आइतराज राई, विरोज मगरको उपस्थितिमा ग्रुप ‘ए’ र ‘बी’ विभाजन गरिएको थियो । 


    प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्ने अायाेजकले जानकारी दिए । यस्तै अन्य विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । खेल सुरु भएपछि आयोजकले ८ वटै क्लबलाई तयारीका लागि नगद रु. ३५ हजारका दरले रकम प्रदान गरिने आयोजकका उपाध्यक्ष बिक्की राईले जानकारी दिए ।


    इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ शीर्षक राखिएको यस प्रतियोगिताको सबै खेलहरु पथरीशनिश्चरे–१ को जाँतेमोडमा अवस्थित खेल मैदानमा हुने आयोजकका संयोजक संजिव गिरीले जानकारी दिए ।

सम्वन्धित समाचार

काठमाडौं, १४ मंसिर विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोग…

काठमाडौं, १३ मंसिर   घानाका लागि कुदुस मोहम्मदले दोस्रो गोल गरेसँगै दक्षिण कोरिया पुन: पछि…

दोहा, ११ मंसिर विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलल…

दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटि…