• मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलमा एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ विराट गोल्डकपको फाइनलमा पुगेको हो ।

    प्रतियोगितको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले जित हासिल गरेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

    अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मच्छिद्र क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच खेल हुदै छ ।गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । उपाधिका लागि पर्सी शनिबार प्रतिस्पर्धा हुनेछ ।
     

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …

काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ ।यस खेलमा नेपालका कप्तान रो…