उर्लाबारी नगरपालिकाको सातौं नगरसभा आज बसेको छ । नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको सभामा उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् ।
उनले आगामी आर्थिक वर्षका लागि ८५ करोड ७४ लाख ३४ हजार ६८० रुपैयाँ बराबरको बजेट पेश गरिन् ।