• मोरङ । दुई दशक अघिदेखि पथरीशनिश्चरेमा रहेर निरन्तर पत्रकारिता गर्दै आएका रातोकलम डटकम अनलाईनका प्रवन्ध सम्पादक अर्जुन जम्नेली राईलाई पथरी शनिश्चरे नगरपालिका मोरङले अग्रज पत्रकार सम्मान दिएको छ । 

    सम्पादक राईसहित रातोकलम अनलाइनको सम्पादक राईसहित तीन जना सम्मानित भएका हुन । नगरपालिकाले सुक्रबार आफ्नै सभाहलमा कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 

    पथरी शनिश्चरे नगरपालिकाले बार्षिक रुपमा अग्रज पत्रकार सम्मान तथा एक जनालाई उत्कृष्ट पत्रकार र सञ्चार माध्यमलाई पुरस्कार प्रदान गर्दै आएको छ । 

    नगरपालिकाले यो बर्ष दुई दशक अघिदेखि निरन्तर पत्रकारिता गर्दै आएका रातोकलम डटकमका प्रवन्ध सम्पादक अर्जुन जम्नेली राईलाई ‘अग्रज पत्रकार सम्मान–२०७८’, उत्कृष्ट पत्रकारको रुपमा कुमार खड्का र संस्थाको रुपमा कुरकुरे डटकम साप्ताहिक सञ्चालक मोहन भट्टराई लाई पुरस्कृत गरेको हो । 

    नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट (बास्तोला) र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको हातबाट पत्रकार अर्जुन जम्नेली राईलाई उहाँकै मुहारचित्र (मुहारको पेन्टिङ नक्सा), सम्मानपत्र र दोसल्ला ओढाएर अग्रज पत्रकारको रुपमा सम्मान दिएको हो । 


    सम्मानित राई २०५८ सालबाट पथरीबाट प्रकाशित मोफसल साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका हुन । बिभिन्न कालखण्डमा धरान टाइम्स, ब्लाष्ट टाइम्स, औजारहुदै गोरखापत्र दैनिक, मकालु टेलिभिजन, झापाको पाथिभारा र विराटनगरको बीएफमा काम गरेका थिए । रातोकलम अनलाइनको प्रवन्ध सम्पादक रहेका राई ब्लाष्ट टाइम्स, कान्तिपुर दैनिक लगायतका मिडियाहरुमा लेख तथा खोजमुलक समाचारहरु लेख्दै आएका छन् । 

    समाज शास्त्रमा स्नातकोत्तर (एम.ए.) गरेका राई नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को १ नम्बर प्रदेश समिति वर्तमान अध्यक्ष, मोरङ पूर्ब जिल्ला अध्यक्ष हुन । नेपाल पत्रकार महासंघ मोरङमा निर्वाचित जिल्ला पूर्ब सदस्य र केन्द्रीय पार्षद हुन । किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खाको वर्तमान केन्द्रीय सचिव (प्रचार विभाग प्रमुख) किरात राई विद्यार्थी संघको पूर्व केन्द्रीय अध्यक्ष हुन ।  

    पथरीशनिश्चरे नगरपालिकाले संस्थाको तर्फबाट पुरस्कृत कुरकुरे डटकम साप्ताहिक सञ्चालक मोहन भट्टराई र प्राइम टेलिभिजनका मोरङ समाचारदाता कुमार खड्कालाई क्रमस २५ र १५ हजार नगद तथा कदर पत्रले पुरस्कृत गरेको हो । कुरकुरे डटकम साप्ताहिक बिगत नौ बर्षदेखि निरन्तर रुपमा प्रकाशनहुँदै आएको पत्रिका हो भने कुमार खड्का उदियमान युवा पत्रकार हुन ।  

    गत बर्ष अनमोलमणी साप्ताहिक पत्रिकाका संचालक सन्तोष राई र ब्लाष्ट टाइम्स दैनिक पत्रिकाका पथरी समाचार दाता दिनेश सुब्बालाई नगदसहित पुरस्कृत गरेको थियो । अग्रज पत्रकार सम्मान भने यसै बर्षदेखि नगदसहित प्रदान गर्न थालिएको हो । 

    सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, प्रमुख प्रशाकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरको प्रवक्ता समेत रहेका २ नम्बर वडा अध्यक्ष यमप्रसाद गुरागाई, १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बू, ४ नम्बर अध्यक्ष गोबिन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य भद्रमान बिकले सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा ३ नम्बरका वडा अध्यक्ष डम्बर चेम्जोङ, ७ नम्बरका कपिलमणी ढकाल लगायतको उपस्थिति रहेको थियो ।  
    पथरी शनिश्चरे नगरपालिकाले सञ्चार क्षेत्रको विकासको लागि २०७५ सालमा सूचना तथा सञ्चार कार्यविधि ल्याएर पत्रकारलाई सम्मान, पुरस्कार र नगरमा स्थापित मिडिया हाउसहरुलाई बार्षिक रुपमा प्रोत्साहन स्वरुप रकम प्रदान गर्दै आएको हो । 


    नगरपालिकाले पथरी शनिश्चरे नगरलाई मुख्य कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेपाल पत्रकार महासंघको सदस्यहरुलाई बार्षिक रुपमा लेखन वृति (फेलोसिप) प्रदान गर्दै आएको छ । यो बर्ष ब्लाष्ट टाइम्स दैनिकको पथरी समाचार दाता दिनेश सुब्बा, सिम्रिक एफ.एम.की एलिना दियाली, सम्मानित राई र पुरस्कृत खड्कालाई लेखन वृति दिएको नगरपालिकाको सूचना तथा सञ्चार प्रमुख भूपेन्द्र तिम्सिनाले बताए । 

    एफएम रेडियोलाई ४२, साप्ताहिक पत्रिकालाई ३६ र अनलाइनलाई ३० हजारको दरको बार्षिक रुपमा रकम उपलब्ध गर्दै आएको नगरपालिकाको सूचना तथा सञ्चार प्रमुख तिम्सिनाले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…