• बुधराज लिम्बू , इलाम - इलाम

    माई नगरपालिकाको नवौ नगर सभाबाट ६७ करोड ३४ लाख ३० हजारको बराबरको बजेट पारित गर्दै विहिबार सम्पन्न भएको छ । मेयर दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न सभामा उपमेयर बिष्णुमाया रिमालले आर्थिक बर्ष ०७८-०७९ को बजेट प्रस्तुत गर्नु भएको थियो । नगर सभामा आम्दानी तर्फ बित्तिय समानीकरण अनुदान संघ र प्रदेश सरकारबाट गरी रु. १३ करोड २ लाख ९४ हजार, राजश्व बाँडफाडबाट प्राप्त अनुदान ९ करोड ८५ लाख ७० हजार, आन्तरिक आय रु. ४ करोड, समपुरक अनुदान रु. ६० लाख, शसर्त अनुदान २६ करोड १७ लाख ६६ हजार, बिषेश अनुदान २ करोड १६ लाख स्बीकृत कार्यक्रम संचालन ऐन तथा निर्देशिका बमोजिम संचालन गरिएको थियो ।

    खर्च तर्फ नगरपालिका तथा वडा चालु खर्च ७ करोड ३९ लाख २० हजार, कृर्षि तथा पशुपंक्षी सम्बन्धि कार्यक्रममा १ करोड ५५ लाख, स्वास्थ्य क्षेत्र संग सम्बन्धित कार्यक्रममा १ करोड ५६ लाख ६० हजार, शिक्षा क्षेत्र संग सम्बन्धित कार्यक्रममा १ करोड ९० लाख २५ हजार, महिला तथा वालवालिका तथा लक्षित बर्ग अन्र्तगतको कार्यक्रममा ५५ लाख, खानेपानी तथा सरसफाई सम्बन्धि कार्यक्रममा ३४ लाख, युवा तथा खेलकुद सम्बन्धि कार्यक्रममा १३ लाख ५० हजार, तथ्याङ्क संकलन ७ लाख ५० हजार, संस्थागत क्षमता विकास १ करोड ८ लाख ५० हजार, संस्कृति तथा पर्यटनमा ७५ लाख, सुचना प्रविधिमा ३४ लाख बिन्योजन गरिएको छ ।

    त्यस्तै बिशेष कोष सम्बन्धि कार्यक्रम अन्र्तगत बिपद व्यबस्थापन कोषमा ५० लाख, मर्मत संहार कोषमा ८० लाख र साझेदारी कार्यक्रम संचालन गर्न समपुरक कोषमा ६० लाख बिनियोजन  गरिएको छ । नगर सभाबाट वडा स्तरीय पुर्बाधार योजना संचालनका लागि १० बटै वडालाई ४० लाखका दरले जम्मा ४ करोड, संघ र प्रदेशको साझेदारीमा संचालन हुने योजनामा २ करोड ९० लाख, वडा कार्यालय नभएका ७ वटा वडा कार्यालयमा कार्यालय निर्माणका लागि २० लाखका दरले १ करोड ४० लाख, वडा भरीका सडक तथा संरचनाहरुको सुधार, मठमन्दिर, भौतिक सुधार र खानेपानी संरक्षण गर्न १ करोड ४१ लाख बिनियोजन  गरिएको उयमेयर आचार्यले जानकारी दिए ।

    नगरसभामा मेयर दिपक कुमार थेबेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । शिक्षा, कृर्षि र स्वास्थय सेवालाई बिशेष प्राथामिकता दिएर नीति तथा कार्यक्रम पारित गरेको छ । कोरोना महामारीका कारण एकै दिनमा सम्पन्न गरिएकोे नगरसभामा “गरौ ब्यावसायिक कृर्षि, यसैबाट शुरु हुन्छ माई नगरपालिकाको समृद्धि” भन्ने मुल नाराका साथ हालको निर्बाहा मुखि कृर्षिबाट व्यबसायिक कृर्षिमा रुपान्तरण गर्न एक गाँउ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहान गरिने कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकास सम्बन्धि नीतिमा कृर्षि र पशु विकास, राजश्व परिचालन, सहकारी, बैक तथा बित्तिय क्षेत्र, उधोग तथा बाणिज्य, भुमी ब्यबस्थापन कार्यक्रम समाबेश गरिएका छन ।

    सामाजिक विकास सम्बन्धि नीतिमा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला बालबालिका जेष्ठ नागरिक अपाङ्गता तथा लक्षित बर्ग र खानेपानी तथा सरसफाईका कार्यहरु समाबेश भएका छन । कार्यक्रमा सुशासन तथा संस्थागत क्षमता विकास सम्बन्धि नीति र वन बाताबरण, विपद ब्यबस्थापन तथा प्रर्यटन सम्बव्धि नीति र भौतिक पुर्बधार सम्बन्धि नीति उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा उत्कृष्ठ कृषकलाई पुरस्कृत गर्ने, कृषक प्रोत्शाहन कार्यक्रम अन्तर्गत  बार्षिक २ सय मन धान र १ सय मन मकै उत्पादन गर्ने किसानलाई २० हजारका दरले पुरस्कृत गर्ने, कृर्षिलाई पकेट क्षेत्र बनाई अनुदान तथा मल एवम बिँउ बिजन ब्यबस्थापन गर्दै लगिने कुरा उल्लेख गरिएको छ ।

    पशु र बाली विमा कार्यक्रमलाई अगाडी बढाईने, तरकारी, सुपारी, गाई पकेट विकास कार्यक्रम र सजिवन खेतीलाई पकेट क्षेत्रका रुपमा विकास गरिने मेयर थेबेले जानकारी दिनुभयो । एक घर एक करेसाबारी, जग्गा बाझो राख्नेलाई जरिवाना लगायका कार्यक्रम नीति तथा कार्यक्रममा समाबेश गरिएको छ । त्यस्तै शिक्षा अन्र्तगत नगरपालिका भित्रको एक मात्र उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्था गरुवा बहुमुखि क्याम्पसलाई नमुना क्याम्पस बनाउदै यसै आर्थिक बर्षबाट त्यस क्याम्पसमा अध्ययान गर्ने सबै बिद्यार्थीका लागि स्नातक तह निःशुल्क गरिने, सामुदायिक बिद्यालयमा कार्यरत सहायक सहजकर्ता तथा सहयोगी कर्मचारीलाई श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराउने, बिद्यालयमा बैकल्पीक शिक्षा पद्धतिको अबलम्बन गर्ने उल्लेख गरिएको छ।

    सबै सामुदायिक बिद्यालयमा सिसि टिभि जडान गरिने, बिद्यालय संरचना अपाङ्गता मैत्री, वाल मैत्री, छात्रा मैत्री बनाउदै लगिने उल्लेख गरिएको छ । स्वास्थ्य अन्र्तगत गरिब तथा बिपन्न परिवारलाई स्वास्थ्य बिमा गर्न ५० प्रतिशत अनुदानको ब्यबस्था, मुटुको भल्ब फेर्न, मृगौला ट्रान्सपाल्ट गरेको ब्याध्mिलाई मासिक ५ हजारका दरले सहयोग गर्ने, माई नगर अस्पताल तथा बर्थिङ्ग सेन्टर भित्र सुत्केरी गराउने सेवाग्राहीलाई निःशुल्क एम्बुलेन्स, सुत्केरी प्रोत्साहान भत्ता प्रदान गर्ने, आर्युबेद केन्द्रको स्थापना, जन्म विकालंक तथा अपाङ्गता रोकथामका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने तथा अपाङ्गता भएका ब्याक्तिहरुको अधिकारको सम्मान र संरक्षण गर्दै अपाङ्गता रोकथाम तथा पुर्न स्थापना कार्यक्रम सञ्चालन एवम निरन्तरता दिईने नीति तथा कार्यक्रममा उल्लेख छ।

     बेरोजगार हरुको तथ्याङ्क संकलन गरी करिब ३ महिनाका लागि स्थानीय क्षेत्रमा काम गर्ने गरी पाँच हजार जनालाई रोजगारी प्रदान गरिने उल्लेख गरिएको छ । प्रमुख प्रशासकिय बिष्णु कुमार थेगुवाको सहजीकरणमा सञ्चालन भएको नवौै नगरसभामा जनप्रतिनिधि, कर्मचारी लगायत एक सय जनाको सहभागिता रहेको थियो । यसै बिच स्थानीय बिन्योजन बिद्येयक २०७८, आर्थिक बिद्येयक २०७८ र न्यायिक समिति प्रतिवेदन -२०७८ सर्बसम्मतले पारित भएको छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…