• जनता फाउण्डेसन को संयोजकत्वमा सिन्धुपाल्चोकका बाढी पीडित हरुलाइ राहत सामाग्री उपलब्ध गराएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिका पर्ने वडा नं:१,६ र ७ न: का बाढी पिडितहरुलाई नगद तथा खाधान्न सामाग्री सहयोग गरेको छ ।

    फाउण्डेशन ले क्षतिग्रस्त गाउँमै पुगेर राहत वितरण गरेको हो । साच्चिकै पीडितहरुले राहत पाउन भन्ने उदेश्यले फाउण्डेशनका अध्यक्ष लक्ष्मण मिसन कार्कीको नेतृत्वमा २० जना स्वयमसेवक र ५ जना सवारी चालक सहित २५ जनाको टोली राहत सामाग्री लिएर काठमाण्डौं बाट सिन्धुपाल्चोक पुगेको थियो ।

    फाउण्डेशन को राहत टोलीले चामल,दाल,नुन,तेल,मस्यौरा,लुगा धुने साबुन, नुहाउने साबुन,बिस्कुट, वाईवाई लगाएत विभिन्न खाद्य सामग्री र ओड्ने ओछ्याउने,टिसर्ट,ज्याकेट,ट्राउजर स्वीटर,जुत्ता,बच्चाको कपडा महिलाको कपडा लगायत विभिन्न लत्ताकपडा,प्याड,माक्स,टर्च लगाएत राहत सामग्रीहरु का साथै ६ जना मृतकका परिवारलाई नगद आर्थिक सहयोग समेत गरि ७ लाख बराबरको सामान सहयोग गरेको छ ।

    फाउण्डेशन ले स्थानीय युवा क्लब सॅंग समन्वयमा राहत वितरण गरेको हो। फाउण्डेसनका अध्यक्ष लक्ष्मण मिसन कार्कीले देश-विदेशबाट फाउन्डेसन प्रतिगरेको बिश्वास र सहयोग अपरिकल्पनिय रहेको भन्दै सहयोगी दाताहरुलाइ धन्यवाद दिदै आगामी दिनमा पनि फाउन्डेसनले देश र जनताका घाउ हरुमा मलम पट्टि गर्ने प्रतिबद्धता ब्यक्त गरेका छ्न।

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग…

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ…

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …