• गर्मी मौसम छ। धेरै गर्मी भएपछि मानिसहरु बजारमा उपलब्ध विभिन्न चिसो पेय पदार्थहरु पिउँछन्।


    तर, ती पेय पदार्थहरु शरिरका लागि हा’निकारक पनि हुन सक्छन्। त्यसकारण यो गर्मी मौसममा चिसो पानी, चिसो पेयपदार्थ, दही र मही जस्ता पेय पदार्थहरु पिउनु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। विभिन्न चिकित्सकहरुले गर्मी मौसममा बढी मात्रामा मही पिउन सल्लाह दिएका छन्। त्यसैले महीले हाम्रो शरिरमा रहेका विभिन्न समस्याहरुको समाधान गर्न पमि मद्दत गर्छ।


    मही घरमा नै बनाउन सकिने पेयपदार्थ हो। यो स्वादिष्ट मात्र होइन शरीरका लागि फाइदाजनक पनि हुन्छ। बजारमा पनि मही सजिल्यै पाइन्छ। हरेक दिन यसको सेवनले गर्मी मौसममा आउने विभिन्न प्रकारका समस्याबाट छुटकारा पाइन्छ।

    स्वनस्थ्य चिकित्सकहरुका अनुसार हरेक दिन मही पिउँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले गर्मीमा सहज तरिकाले खाएका खानेकुरा पाचन हुन्छ। महीले कब्जियत र पाचन प्रक्रियासँग जोडिएका धेरै समस्याहरुको समाधान गर्नलाई मद्धत पु¥याउँछ,

    त्यस्तै, महीको सेवनले खाने तरिकामा पनि सन्तुलन ल्याउनुका साथै भिटामिन र लवणका लागि मही फाइदाजनक छ। शरीरलाई मोइश्चर बनाउँनका लागि मही निकै उपयुक्त मानिन्छ। यसले शरीरको तापक्रम सही राख्नका लागि पनि मद्धत गर्दछ। त्यसैले गर्मीमा अन्य पेय पदार्थभन्दा शरिरलाई स्वस्थ राख्न सहयोग गर्ने मही पिउनु राम्रो हुन्छ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …