विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो ।
आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले माओवादी केन्द्रड्का सांसद मोहन खड्कालाई तपाई भिजन भएको नेता होइन भन्दै गाली गरेका थिए । मन्त्रीले आत्माआलोचनासहित माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले सदन अवरुद्ध गरेको हो ।केन्द्रले सदनबाट मन्त्रीको अभिव्यक्ति हटाउन माग गरेको छ ।
माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मङ्गलबारसम्मका लागि स्थगित गरेका छन् ।