• विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो प्रावधानसहित एक साताका लागि निषेधाज्ञा अवधी थप गरेको छ । सोमबार बसेको बैठकले निषेधाज्ञाको अवधी  असार २१ गतेसम्म थप गरेको हो ।


    खुकुलो प्रावधानसहित थप गरिएको निषेधाज्ञा अवधीमा निजी सवारी जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ । मोरङका प्रमुख जिल्ला अधिकरी कोषहरि निरौलाका अनुसार  सार्बजनिक सवारी तत्काल सञ्चालन नगर्ने निर्णय भएको   छ ।

     बजार पसल पनि दिउँसो ४ बजेसम्म खुला गर्ने निर्णय भएको  उनले बताए । यस अघि बजार पसल ११ बजेसम्म खोल्ने दिने निर्णय भएको थियो । सोमबारबाट दिउँसो ४ बजेसम्म बजार पसल खोल्न दिने निर्णय भएको छ ।  कार्यालयहरु पनि खुला गर्न अनुमति दिइएको उनले बताए । होटल, रेस्टुरेन्ट सिनेमा हल, जिम भने तत्काल खुला गरिएको छैन । असार ७ गते थप गरिएको निशेधाज्ञा आज राति १२ बजेबाट सकिदैछ ।
     

सम्वन्धित समाचार

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका ४ स्थित खैराटोलमा सडक विस्तारको कामको क्रममा उत्पन्न विवादलाई नियन्त्…

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…